Patrakaar-sammelanगोविन्द बस्नेत / धरान, १८ असोज – प्रत्येक बर्ष विजय दशमीको अवसर पारेर नवदुर्गाको पूजाआजा गर्दे आएको नवदुर्गा पूजा समारोह समितिले यस बर्ष भने पुजा संगसंगै श्रीमद्देवी भागवत पुराणको समेत आयाजना गर्ने भएको छ ।

समितिले  धरानमा पत्रकार सम्मेलनको आयोजना गरी नेपालीहरुले ०७२ साल अत्यन्तै कष्टपूर्ण ढंगले गुजार्नुपरेको भन्दै यस्ता कष्टकर जीवनबाट सम्पूर्ण नेपालीले सधाका लागि पार पाउन भन्ने उद्देश्यले धरान ४ नेपाल टेलिकमको अगाडिश्रीमद् भागवन पुराणको समेत आयोजना गर्ने भएको हाे।

आठ बर्षदेखि लगातार रुपमा घटस्थापनाको दिनदेखि नवरात्रीसम्म नव दुर्गा भवानीको पूजा आरधना गर्दै आएको समितिले असोज २६ गते मंगलबारदेखि नौदिनसम्मै श्रीमद् भागवत पुराण लगाउने समितिका सचिव सीताराम आचार्यले जानकारी दिनुभयो ।

साभार: पुर्वेली न्युज

तपाईको प्रतिक्रिया