छठ पर्वको अवसरमा कम्तीमा दुई दिन सम्म विदा दिनुपर्ने

chhath-festival edit

२१ कार्तिक,  राजकुमार पासवान सप्तरी । छठ पर्व विस्तारै सम्पुर्ण नेपालीको पर्व बन्दैं गएको छ । आज भन्दा २० बर्ष पहिले तराई मधेशमा मात्रै मनाईने यो पर्व अहिले हाल आएर पहाडी जिल्लाहरुका साथै राजधानी काठमाण्डौंमा पनि मनाउन थालिएको दशकौं भईसकेको छ । सबै साझा पर्वको रुपमा विकसित भईसकेपनि छठ पर्वप्रति राज्य र दलहरु गम्भीर बन्न सकेको छैन ।

अर्थात छठ पर्व प्रति विभेद गरिएको देखिन्छ । नेपालमै २० प्रतिशत जातजातीहरुले मनाउने ल्होसार पर्व मनाउन बर्ष भरीमा नेपाल सरकारले सार्वजनिक विदा तिन देखि चार पटक सम्म दिने गरेका छन । तर यो नेपालमा लगभग ९० प्रतिशत समुदायहरुले हिन्दु र्धमसगँ आस्था राख्ने गरेका छन । तर हिन्दुहरुको महानचाडमा नेपाल सरकारले एक दिन मात्र सार्वजनिक विदा दिने गरेका छन ।

तर यो छठ पर्व चार दिन सम्म हुने भए पनि नेपाल सरकारले हाल सम्म त्यस प्रति कुनै पनि चासो देखिदैनन् । त्यसकारण कम्मतीमा दुई दिन सार्वजनिक विदा दिनु पर्ने देखिन्छ ,अझ महिलाहरुलाई त चार दिन विदा दिनु पर्ने देखिन्छ ।  

शुक्रवार विधिवत भएको चार दिन सम्म महान पर्व छठ सोमवार विहान उदाउँदो सूर्यलाई अर्ध दिएर सम्पन्न हुनेछ । सबै जातजाती,भाषाभाषी र धर्मावलम्बीको लागि साझा पर्वको रुपमा विकसीत हुदैं गरेको मिथिलाञ्चलको प्रमुख चाड छठ को देश भर रहेका छन ।

किन भन्ने छठ पर्वमा पहिलो दिन नुहाएर नुन अंश नहुने खाना खाने, दोश्रो दिन दिनभरी निराहार बसी (खाना नखाने) र साझँ पखँ छठि माई पुजा गरि घर रहेका सम्पूर्ण परिवारजनलाई प्रशाद ग्रहन गरिन्छ । तेश्रो दिन दिनभरी निराहार बसी पुरी,गैहँ पिठोमा सकर हालि ठकुवा तथा बिभिन्न प्रकारका परिकारहरु बनाईन्छ ,फलफुल तथा अन्य पुजा लाग्ने सामम्रगीहरुलाई दिन भरी तयारी गरी साझँ पखँ नजिकको पोखरी,नदी,ताल,तलाउमा गई अस्ताउँदो सुर्यलाई अर्घ दिइ ,चोथौ दिन विहान उदाउँदो सूर्यलाई अर्घ दिई अन्तिममा समापन गरिन्छ ।

हिन्दुहरुको महानचाड पर्व हो, छठ पर्व । तर यस छठ पर्वमा मधेशी समुदायहरुको मात्र नभई पहाडी समुदायका साथै मुस्लिम धर्माबमम्बीहरुहरुले पनि मनाउने गरेका छन । यो छठ पर्व विषेश गरि सूर्यको आराधानाबाट चर्मरोग निको हुने, निस्तान भएका ब्यक्तिहरुले छठी मैयाँ प्रति आस्था राखि सूर्य भगवानको पूजा आर्चना गरेर आपनो मनोकामना पुरा हुने विश्वाश राखेको छ । यो छठ पर्व त मिथिलाञ्चलमा प्रमुख चाडका रुपमा मनाए पनि हाल मेचीदेखि महाकालीसम्म तथा राजधानी उपत्यकाका तीनै जिल्लासहित अधिकांस जिल्लामा छठ पर्व मनाउन थालिएको छ ।

के ठूला जाति, के साना जाति,के हिन्दु के मुस्लिम सबै समुदाय मिलेर सामूहिक रुपमा यो पर्व मनाउँछन् । कतिपय ठाउँमा हिन्दू धर्मबाहेकका अन्य धर्माम्बलीहरु समेत यो पर्व मनाउन थालेका छन् । अब राष्ट्रिय पर्व दशैं र तिहारको कुरा गरौं । हिन्दूबाहेक अन्य धर्माम्बली मनाउँदैनन् । इदको कुरा गर्ने हो भने मुश्लिम बाहेक अन्य धर्माम्बली मनाउँदैनन् । अब कुरा यहाँ के आउँछ भने छठ पर्व ठूलो कि दशैं र तिहार ? यसको सजिलै उत्तर छ सबैको साझा पर्व छठ पर्व हो । नेपाल बहुभाषिक, बहुसाँस्कृतिक, बहुजातीय मुलुक हो । सबै जनताको आ–आफ्नै रीतिरीवाज रहेको छ । बिभिन्न किसिमको धर्म, सँस्कृतिले धनी रहेको यस मुलुकमा दशैं, तिहारलाई राष्ट्रिय पर्वको रुपमा मानिदैं आएको छ । यसबाहेक बिभिन्न किसिमको पर्वमा सरकारले विदा समेत दिइँदै आएको छ ।

तर छठ पर्व प्रति नेपाल सरकार किन विदाका लागी उदासिनता देखिन्छ । दशैमा ६ दिन विदा, तिहारमा चार दिन विदा दिने गरेका छन । भन्ने चार दिन सम्म हुने छठ पर्वमा कम्मती दुई दिन विदा दिनु पर्ने हुन्छ ।

पहाडले मनाउने तराईमा र तराईले मनाउने पर्व पहाडमा पनि मनाउन थालिएको छ । यद्यपी राष्ट्रव्यापी रुपमै मनाउने केहि पर्वलाई भने एउटा खण्डसँग जोडेर व्याख्या गर्ने क्रम अहिले पनि यथावतै रहेको छ । जसको ज्वलन्त उदाहरण छठ पर्व हो । अब छठ पर्वको गरिदैं आएको विश्लेषणलाई हेरौं । मधेस, तराई र मिथिला क्षेत्रमा मनाइने छठ पर्व भनेर व्याख्या गरिन्छ । राष्ट्रव्यापी बनिसकेको, अधिकांस जनताले मनाउन थालेको पर्व कुनै एउटा खण्डको हुनै सक्दैन् ।

यसर्थ नेपालीले मनाउने, नेपालको महान चाड भनेर व्याख्या गर्नु जरुरी छ छठ पर्वलाई । यसतर्फ नेपाल सरकारको भिन्नता ध्यान दिनु जरुरी छ । जलायशमा अस्ताउँदो सुर्यलाई अर्घ दिई , रातभरी जागराम बसी । यो पर्वमा महिलाहरु लगातार चार दिन सम्म लगाएर यो पर्व जलायशमा उदाउँदो सूर्यलाई अर्घ दिई अन्तिममा समापन गरिन्छ । सबै समुदायहरुको आ–आफ्नै रीतिरीवाज रहेको छ । बिभिन्न किसिमको धर्म, सँस्कृतिले धनी रहेको यस मुलुकमा दशैं, तिहारलाई राष्ट्रिय पर्वको रुपमा मानिदैं आएको छ । यसबाहेक बिभिन्न किसिमको पर्वमा सरकारले विदा समेत दिइँदै आएको छ ।

यो नेपालमा लगभग ९० प्रतिशत समुदायहरुले हिन्दु र्धमसगँ आस्था राख्ने गरेका छन । तर हिन्दुहरुको महानचाडमा नेपाल सरकारले एक दिन मात्र सार्वजनिक विदा दिने गरेका छन । तर नेपालमै २० प्रतिशत जातजातीहरुले मनाउने ल्होसार पर्वको सार्वजनिक विदा तिन देखि चार पटक सम्म दिने गरेका छन । यो विदामा किनत : भिन्नता रहेका छन । कम्मतीमा दुई दिन भए पनि सार्वजनिक विदा दिनु पर्ने जरुरी देखिन्छ । गर्छन किन भन्ने यो देशका मधेशी नेता सताका लागी मात्र मर्छन, आपनो पहिचान,धर्म,सस्कृतीका लागी पनि मर्ने कि नर्मे त ?

तपाईको प्रतिक्रिया