inaruwa chandbela gavinu joined
कात्तिक २१ औरावनी /स्थानीय तह पुर्नसंरचना समिति सुनसरीले चाँदवेला गाविसलाई इनरुवा नगरपालिकामा गाभेको प्रति असन्तुष्टि जनाउँदै स्थानीयहरु आन्दोलित बनेका छन् ।

चाँदवेला गाविसका स्थानीय दलका प्रतिनीधिहरुले संयुक्त दलीय संर्घष समिति बनाएर आन्दोलनमा होमिने तयारी थालेका हुन् ।
संयुक्त विरोध कार्यक्रम नाम दिई आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै एमालेका क्षेत्र नम्वर ३ का संयोजक भद्रनारायण चौधरीले भूगोल र संस्कृति नमिल्ने इनरुवामा चाँदवेला गाभिनु आफुहरुको पहिचान गुमाउने षडयन्त्र भएको आरोप लगाए ।

कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले स्थानीय तहमा छलफल नै नगरी जिल्ला तहका नेताहरुले स्वार्थ सिद्धीका लागि गरेको उक्त निर्णय आफुहरुकालागि कुनै पनि हालतमा स्विकार्य हुन नसक्ने बताए ।सुनसरी प्रशासन र जिल्ला विकास समिति सुनसरीमा निर्णय बदल्नको लागि ज्ञापन पत्र बुझाउने देखी जिल्ला तहका नेताका घर घेर्ने सम्मका दबाब मूलक आन्दोलनका कार्यक्रम संचालनमा ल्याउने संर्घष समितिले पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

inaruwa chandbela gavinu joined1

तपाईको प्रतिक्रिया