laukahi mayarathon daud ran khelkud1

कात्तिक २१ लौकही /सुनसरीको लौकहीमा आयोजित म्याराथुन दौड प्रतियोगिताको उपाधी रमेश लिम्बुले हात पारेका छन् । समाजवादी विद्यार्थी फोरम नेपाल जिल्ला कार्यसमिति सुनसरीले आयोजना गरेको चार किलोमिटरको दौडमा लिम्बुले बाजी मारेका हुन् ।

लौकही बजारबाट सुरु भएको दौडमा एक सय ५० बढी युवाहरुले सहभागिता जनाएको थिए । उक्त प्रतियोतिमा रञ्जित शर्मा दोस्रो हुँदा चन्द्रदेव मेहताले तेस्रो स्थान हात पारेका थिए । त्यसैगरी महिला तर्फको उपाधी सुष्मा राइले हात पारेकी छिन् । पुजा यादव दोस्रो हुँदा गुजिया यादव तेस्रो भएको कार्यक्रम संयोजक ब्रम्हदेव यादवले बताए ।

प्रतियोगिताका विजयीहरुलाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शिल्ड तथा प्रमाणपत्र वितरण गरेका थिए । आपसी भाइचाराका लागि कार्यक्रम आयोजना गरिएको समाजवादी विद्यार्थी फोरम नेपालका जिल्ला अध्यक्ष मिथलेश यादवले बताए ।

laukahi mayarathon daud ran khelkud

तपाईको प्रतिक्रिया