२२ कात्तिक, दिलिप साह राजविराज। बालबालिकाको ज्ञान, सीप र क्षमतामा अभिवृद्धि गराउने मुख्य उद्देश्यका साथ जिल्लाको मलहनवा गाविसमा पाँच दिने बालभित्ते पत्रकारिता तालिम सम्पन्न भएको छ ।

बालभित्ते पत्रकारिता तालिममा सिकेका ज्ञान, सीपलाई आ–आफनो बिद्यालय तथा बालक्लबहरुमा नमुना भित्ते पत्रिका प्रकाशन गर्न समेत मद्दत पुग्ने समापन समारोहका सहभागीहरुले बताएका छन । तालिममा सहभागि बालबालिकाहरुलाई भित्तेपत्रिकाको बिकासक्रम, महत्व, समाचारको प्रकार, गुण, सम्पादकीय, अन्र्तवार्ताका साथै अन्य बिद्याहरु बारे अभ्यासको माध्यमद्वारा जानकारी गराएको बताएको छ । बालभित्ते पत्रिका प्रकाशन गर्न सक्षम भएको र आफुले सिकेका जानेका कुराहरुलाई आफनो साथी, बालक्लब तथा बिद्यालयमा लागु गर्ने तालिमका सहभागी बालबलिकाहरुले बताएका छन ।

गत कात्तिक १७ गते देखि मलहनमा गाविस स्थित निम्न माध्यमिक बिद्यालयमा सञ्चातिलत ५ दिने बालभित्ते पत्रकारिता तालिममा बाल क्लबका २५ जना बालबालिका सहभागी रहेको थियो । सेभ द चिल्ड्रेनसंगको साझेदारीमा सबल नेपालद्धारा संचालित स्पोनसरसीप कार्यक्रम अन्तर्गत उक्त तालिम संचालन भएको थियो ।

तपाईको प्रतिक्रिया