चोरिएको सामान सहित पक्राउ परेका चोरहरु ।

२३ कात्तिक , दिलिप साह राजविराज। सप्तरी प्रहरीले राजविराज नगरपालिका–७ बाट चोरी भएको गहनासहित दुई जनालाई पक्राउ गरेको छ । सुन–चाँदीका बिभिन्न गहना र नगदसहित चोरीमा संलग्न राजविराज नगरपालिका–७ का २२ वर्षीय सङ्गीत मेहतर र जिल्लाकै ईटहरी विष्णुपुर–८ का २२ वर्षीय बेचन रामलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुको साथबाट सुनको शिरमा लगाउने शिरबन्दी एक थान, सुनको औंठी एक थान, चाँदीको बिछिया एक थान र चाँदीको ढिक्का २ थान र नगद रु. ती हजार तीन सय ९५ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि चोरी मुद्धा अन्तर्गत म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया