jodiएजेन्सी । केही वर्षपहिले शाहरुख खान र काजोल अभिनित एक फिल्म आएको थियो – दिलवाले दुल्हनिया ले जाएंगे’ जो हिट भएको र त्यसमा सिमरनको भुमिका निभाउने काजोलका पिता बनेका अमरेश पुरीको डाइलग थियो – ‘जा सिमरन जी ले अपनी जिन्दगी…।’ ठिक यसै फिल्मको जस्तैगरी भारतको पटनामा एक पतिले प्रेमीसँग रहन चाहन्छु भन्ने आफ्नी पत्नीलाई प्रेमीसँग विहे गर्ने अनुमति मात्रै दिएनन्, बाँकी जीवनको शुभकामना पनि दिए ।


केही दिनपहिले पतिसँग हनिमून मनाउन गइरहेकी युवती जो चल्दै गरेको रेलबाट सुतिरहेका पतिलाई छाडेर प्रेमीसँग भागेकी थिइन् जो अहिले फर्केर पटना आएर आफूलाई पति मनपरेको स्पष्ट पारेकी छन् । उनको विहे जबरजस्ती गराइएको थियो र अब उनी प्रेमीसँगै बस्न चाहन्छिन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रेमीसँग फर्किएकी रञ्जीता नामकी ती युवतीले मंगलबार रेल एसपीलाई भेटेर उनी आफ्नो पति होइन् प्रेमीसँग बस्न चाहेको बताइन् । उनले रेल एसपी जितेन्द्र मिश्रलाई भनिन् कि म आफ्नो प्रेमीसँग बस्दा धेरै खुसी छु । उनले प्रेमीको बारेमा बताउँदै उसले कुनै गलत नगरेको म आफै भागेको बताइन् । पतिसँग खुसी नभएकै कारण आफूले सिलगुढी जानेक्रममा रेलमै पतिलाई छाडेर बेगुसराय ओर्लिएर प्रेमीसँग पहिला उत्तर प्रदेश र जम्मू कश्मिर गएको र त्यहाँ केही दिन विताएर कोलकत्ता हुँदै पटना फर्किएको उनले बताइन् । अब म पटनामा प्रेमीसँगै बस्न चाहन्छु –उनले भनिन् ।

रञ्जीताले बताइन कि उनी आफ्नो पतिसँग विहे गर्न चाँहेकी थिइनन् । उनले विहे गर्न नमान्दा घरमा रडाको मच्चियो । आमाबुवाको दबाबमा उनले पटनामा सन् २०१३ मा विहे गरेकी थिइन् । विहेपछि तीन वर्षभन्दा बढी समय वित्यो । तर, दुबै पतिपत्नीबीच कुनै सम्बन्ध बनेन् । विहेपछि रञ्जीता पतिसँग जान अस्वीकार गर्थिन् । पहिला पढाईको बहाना पछि परिवार र विरामी भएको जस्ता बहाना बनाएर उनी पतिसँग कहिल्यै गइनन् ।

जब पति कहिले छुट्टीमा घर आउथे तब रञ्जीता बहाना बनाएर माइत जान्थिन् । यसबाट आजित भएका पतिले हनिमूनको प्लान बनाएर रञ्जीतासँग दार्जिलिंग गइरहेका थिए । तर, बीच बाटोमै रञ्जीताले उनलाई छाडेर गइन् । त्यसपछि रञ्जीता कोलकतामा भेटिइन् । पतिले रञ्जीतालाई नयाँ जीवनको बधाई दिए । रञ्जीताले पनि पतिलाई नयाँ जिन्दगी सुरु गर्न सुझाव दिइन् । ओएस नेपाल 

तपाईको प्रतिक्रिया