sandhigda bideshi nagrik bangaladeshi pakrau inaruwa
इनरुवा कात्तिक २४/ सुनसरीको इनरुवाबाट शंकास्पद अवस्थामा पक्राउ परेका सबै ६ जनाको पहिचान खुलेको छ । इनरुवा ६ स्थित रहेको जमजम होटल एण्ड लजबाट पक्राउ परेका ६ जनानै बङ्गलादेशी नागरिक भएको खुलेको हो ।

पक्राउ परेकाहरु मध्ये हायात मिया भनिने आशान मिया र समशेर भनिने सिजारोल मल्लिकलाई सुनसरी प्रहरीले नक्कली नागरिकता सहित सार्वजनिक गरेपनि अन्यको अवस्था भने खुलाएको थिएन् । उनिहरुसँगै पक्राउ परेका बङ्गलादेशी नागरिकहरुमा मोहमद फरहाज मियाँ, मेहदी हसन, हारुन मिँया र जुयल मियाँ रहेका छन् ।

पक्राउ परेकाहरुलाई सुनसरी प्रहरीले जिल्ला प्रशासन कार्यालय सुनसरीमा केही सार्वजनिक अपराध ऐन अन्र्तगत अनुसन्धानका लागि ६ दिन म्याद थप गरेको छ ।प्रहरीले नक्कली नागरिकताको गिरोह सकृय रहेको हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया