trump with daughter3

एजेन्सी । अमेरिकाको राष्ट्रपति बन्दै गरेका डोनाल्ड ट्रम्पको चुनावी अभियानमा सबैको नजर उनको छोरीमा परेको थियो । खासमा उनको ठूली छोरी इवांका ट्रम्पको हरेक कार्यक्रममा सहभागी हुन्छिन् । उनको अर्की छोरी टिफनी पनि चुनावी दौरानमा सक्रिय नै रहेकी थिइन् । यी दुवैको पहिचान मोडल र बिजनेसवुमनमा रहेको छ । तर इवांका भने बाबु ट्रम्पसँग नजिक छिन् । यीनीहरुलाई लिएर ट्रम्पले बेलाबेलामा अाश्चर्यजनक वयान दिएका थिए । ट्रम्पले एउटा शो मा अाफ्नी छोरीलाई  सेक्सी भनेर घोषणा समेत गरेका थिए । जुन एकदमै चर्चामा अाएको थियो ।

इवांका मोडल र बिजनेसवुमन 
इवांकाको पहिचान बहुअायामिक छिन् । उनी व्यवसायी, मोडलका  साथै लेखिका पनि हुन् । उनी ट्रम्पका भूपू पत्नी इभानाकी छोरी हुन् । उनी अाफ्ना पिता ट्रम्पका व्यवसायमा सक्रिय रहेकी छन् । उनको तस्बिर सन् १९९७ मा पहिलो पटक सेभेन्टिन म्यागजिनमा छापिएको थियो । साथै उनले सन् १९९७ मा नै मिस टिन अमेरिकाको उद्घोषण गरेकी थिइन् ।

trump with daughter2 trump with daughter1

इवांकाको लागि ट्रम्पको विवादित बयान डोनाल्ड ट्रम्पले एक टेलिभिजन शो ‘डाक्टर अोज’ मा ट्रम्पले भनेका थिए, म इवांकालाई किस गर्न कुनै पनि मौका छोड्न चाहदिँन ।’ त्यस्तै सन् २००४ मा होवर्ड स्टर्न रेडियो शो मा ट्रम्प अतिथिको रुपमा मञ्चमा बसेका थिए । जसमा स्टर्न र ट्रम्पकी छोरी छातीको बारे चर्चा भइरहेको थियो । स्टर्नले भने कि इवांकाको छाती पहिला भन्दा धेरै सेक्सी देखिएको छ । के उनले छाती प्रत्यारोपण गरेकी हुन् त ? यस्तो प्रश्नपछि ट्रम्पले यसो भनेका थिए, ‘उसले अहिलेसम्म सर्जरी गरेकी छैन, इवांका पहिले देखि नै सेक्सी छे ।’ नेपाल१२३ बाट

तपाईको प्रतिक्रिया