14996505_1216936325020959_93184344_n
कात्तिक २५ इनरुवा/यूएनडिपिले सुनसरीको चाँदवेला र नरसिङका युवाहरुलागि सामाजिक सद्भाव सम्वन्धि तालिमको आयोजना गरेको छ । इनरुवामा आयोजना गरिएको तालिममा सहभागिहरु युवाहरुका लागि यूएनडिपिले सामाजिक सद्भावका लागि लैंगिक,सामाजिक समावेशीकरण तथा द्वन्द्व संवेदनशिल पैरवी एवं वार्ता विषयक कार्यशालाको आयोजना गरेको हो ।

स्थानीय बाल तथा युवा क्लबमा आवद्ध ३० जनालाई यूएनडिपिका सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रममा पूर्वाञ्चल क्षेत्रीय संयोजक कृष्ण योगीले प्रशिक्षण दिएका थिए ।सामाजिक सुरक्षा,आपसी सद्भाव र लोकतान्त्रिक सहभागिता कार्यक्रमको मूल उद्येश्य रहेको योगीले बताए ।

15058010_1216936395020952_967022368_n
सुनसरीको चाँदवेला र नरसिङका लागु रहेको कार्यक्रमले स्थानीय साझा मुद्धाको खोजी गर्ने, सामाजिक सद्भाव कायम गराउने, लैंगिक समानता, न्याय र निर्णय प्रकृयाका साथै सहभागितात्मक अवधारणाको दीगोपनाका प्राथमिकतामा राखेको नरसिंङकालागि एनजिओ पार्टनर रहेको सिडियो सुनसरीका धिरज भटराईले बताए ।

तपाईको प्रतिक्रिया