२६ कार्तिक, काठमाडौ । मकालु एयरको जहाज हुम्लाको सिमकोट विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ । सुर्खेतबाट सामान लिएर गएको नाइन एन एजेजी कल साइनको जहाज  सिमकोट विमानस्थलमा अवतरणको क्रममा शुक्रबार बिहान पौने ८ बजे दुर्घटनामा परेको हो ।

दाहिने टायर पन्चर हुँदा भएको दुर्घटनाबाट जहाजमा सामान्य क्षति पुगेको र मानवीय क्षति भने नभएको विमानस्थल कार्यालयले जनाएको छ ।

कार्गो जहाजमा चालक र सहचालक मात्रै थिए । दुवैजना सकुशल रहेका छन् ।

तपाईको प्रतिक्रिया