dead born baby

२६ कार्तिक, गोविन्द बस्नेत धरान । धरानमा मृत अवस्थामा नवजात शिशुको शव फेला परेको छ । धरान १६ स्कोन मन्दिर नजिक मारेर फालिएको अवस्थामा नवजात शिशुको शव फेला परेको हो । अवैध सम्बन्ध राखी गर्भ बसेपछि शिशुलाई मारेर फालिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । मृतक शिशुको टाउको गहिरो चोट लागेको छ । झाडीमा फालिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेपछि त्यहा थिए ।

घट्ना स्थल पुग्नुभएका वडा प्रहरी कार्यालय धरानका असई किशन चौधरीले बच्चा फालेको खबर स्थानीयले खबर गरेपछि घट्ना स्थलमा सालनाल सहित सेता कपडामा फालिएको अवस्थामा नवजात शिशुको शव भेटिएको बताउनुभयो । यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयोे ।

तपाईको प्रतिक्रिया