snake in plan

तपाईंलाई लिएर हजारौं फिटमा माथि आकाशमा उडिरहेको जहाजमा सर्प भेट्टियो पनि के गर्नुहुन्छ ? जहाजभित्र पनि सर्प ? तपाईंलाई पत्यार नलाग्न सक्छ । तर यस्तै सत्य घटना मेक्सिकोमा भएको छ ।

हजारौं फिटमाथि आकाशमा उडिरहेको जहाजमा सर्प भेटिँदा कसको पो होसहवास नउड्ला ? ठीक यस्तै दृश्य मेक्सिकोको एउटा जहाजमा सोमवार देख्न पाइएको छ । टोरेओनबाट मेक्सिको तर्फ गइरहेको एउटा जहाजमा जब सर्प भेटियो तब यात्रुबीच भागौड मच्चिन थाल्यो । यात्रुको सामान राख्ने क्याबिन नजिकै झुन्डिएको अवस्थामा हरियो सर्प भेटिएपछि जहाजका कर्मचारी पनि आश्चर्यमा परेका छन् । जमीनबाट हजारौं फिटमाथि सर्प भेटिएपछि डरले तर्सिएका यात्रु सीट छाडेर उभिन पुगेका थिए ।

तीन फुट लामो सर्प देख्नेबित्तिकै यात्रुहरु जहाजमै भागकै विश्वचर्चित अनलाइन टाइमले जनाएको छ । भागदौड गरिरहेका जहाजकै एकजना यात्रुले कम्बलले छोपेर तीन फुट लामो यो हरियो सर्पलाई नियन्त्रणमा लिन सफल भए । सर्प भेटिएपछि हङ्गामा हुँदा जहाजलाई मेक्सिको सिटीमा उतारियो । यस क्रममा एयरपोर्टमा सर्प पक्रने विज्ञको टीम नै तैनाथ गरिएको थियो।

 

तपाईको प्रतिक्रिया