काठमाडाै‌ । भ्रमण वा रोजगारीका लागि युएई जाने विदेशी नागरिकलाई विभिन्न वस्तुहरु लैजान प्रतिवन्ध गरिएको छ । कुनै पनि प्रकारको लागू औषधीको कारोवार गर्नेलाई युएईमा कडा सजाय हुनसक्ने कानूनी व्यवस्था छ । तर थाहा नपाएर निषेधित वस्तु लैजाँदा धेरै नेपाली थुनामा परेका छन् । प्रतिवन्ध नगरिएका वस्तु लग्दा पनि भन्सारका कर्मचारीले थाहा नपाउँदा दुःख पाउने गरेका छन् ।

युएई स्थित नेपाली दूतावासले यी बस्तुहरु लैजान प्रतिबन्ध रहेको जानकारी गराएको छ ।

– कुनै पनि प्रकारको लागू वा नशालू औषधी वा मनोद्वीपक पदार्थ ।

– गांजा, भाङ, धतुरो र यी वस्तु मिसाएर बनेको कुनै परिकार ।

– पान, पराग र खैनी ।

– नशालु वा झुम्मपार्ने वा लठ्याउने खालका एलोपेथिक वा रसायनिक औषधीहरु र   धेरै परिमाणमा अन्य औषधीहरु।

–शिलाजित वा स्थानीय स्तरमा उत्पादित एवं प्रशोधित रङ वा आकार प्रकारबाट के हो भनी भंसार निरीक्षकले चिन्न नसक्ने औषधीहरु ।

–अश्लिल (नग्न तथा अर्धनग्न) तस्विर भएका किताव, पत्रपत्रिका, सिडि लगायतका वस्तुहरू र पूर्व अनुमति विना अश्लिल नभए तापनि ठूलो संख्यामा सिडि र    डिभिडिहरू ।

–युएई एक लाख दिरहाम वा सो बराबरको विदेशी मुद्रा नगदै वा चेकरड्राफ्ट साथमा लिएर आउँदा वा फर्कदा तोकिएको ढाँचाको फाराम भरी जानकारी गराउनु पर्ने ।

– मर्चा, जांड, रक्सी, वियर तथा अन्य घरेलु मदिराजन्य उत्पादनहरु ।

– सामानको नाम, उत्पादन गर्ने कम्पनीको नाम, संमिश्रण, उत्पादन मिति, म्याद भुक्तान हुने मिति नजनाइएको र व्यवस्थित रुपमा प्याकिङ्ग नगरिएका अन्य कुनै पनि शंकास्पद जस्तो देखिने खाद्य पदार्थहरु वा आयुर्वेदिक लगायतका औषधीहरु ।

– आफूले नित्य रुपमा खानुपर्ने औषधी साथमा लिएर भ्रमणमा आउँदा बुझिने गरी लेखिएको डक्टरको प्रेस्क्रिप्सन अनिवार्य रुपमा साथमा ल्याउनु होला । उज्यालो अनलाइन

तपाईको प्रतिक्रिया