Gajendra-chowk rajbiraj pasu mareko

२८ कार्तिक, दिलिप साह राजबिराज । सप्तरी सदरमुकाम राजविराजको गजेन्द्र चोकको मुख्य गेटमै तीन दिन पहिला नै मरेको छाडा गाईलाई नगरपालिकाले व्यवस्थापन नगर्दा दुर्गन्ध फैलिएर बाटोमा आजतजावत गर्न समस्या भएको छ ।

राजविराज नगरपालिकाको लापरबाहीका कारण यस्तो समस्या आएको एक स्थानीयले बताए । गत विहिबार नै गाईको मृत्यु भएको र कुहिएर दुर्गन्ध आउनुको साथै कुकुरहरुले गाईको सिनोलाई लच्छालुम्म पारेको छ । यति भइसक्दा पनि सप्तरीको सदरमुकाम स्थित राजविराज नगरपालिकाले उक्त विषयमा कुनै चासो देखाएको छैन ।

मानव स्वास्थ्यमा असर पर्नुको साथै विभिन्न किसिमका रोगहरुलाई निम्तो दिनसक्ने खतरा पनि उत्तिकै देखिन्छ । विगतका दिनमा पनि विभिन्न कारणले विवादित रहँदै आएको राजविराज नगरिपालिकाको यस्तो रवैया प्रति सर्वसाधारण नागरिक आक्रोशित देखिन्छ ।

तपाईको प्रतिक्रिया