facebook jankari 20161114_13481913

इनरुवा कात्तिक २९/पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको संख्या बढ्दै जाँदा फेसबुकले समाजमा विकृति फैलाउन थालेको तर्फ सरोकारवालाहरु गम्भिर देखिएका छन् ।
हरेकजसो व्यक्तिको पहिलो रोजाई बन्दै गएको फेसबुकको लतले सकारात्मक भन्दा नकारात्मक पाटोलाई बढावा दिएको तर्फ उनिहरु एकमत देखिएका छन् ।

facebook jankari 20161114_13481911
विद्यालय जाने उमेरका बालबालिकाको जमात समेत फेसबुकमा झुमिने क्रम बढेकाले पठनपाठन प्रतिको लगावमा कमी हुन थालेकाले अभिभावकले निगरानी बढाउनु जरुरी रहेको उनिहरुको भनाई छ ।

facebook jankari 20161114_13481912
यूएनडिपीले चाँदवेलामा सुनसरी प्रहरीसँगको सहकार्यमा आयोजना गरेको प्रहरी मेरो साथी कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई फेसबुकले ल्याएको विकृति र अवलम्बन गरिनुपर्ने सावधानी लगायतका बारेमा जानकारी गराएको थियो ।
कार्यक्रममा यूएनडिपीका सामाजिक सदभाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रमका पूर्वाञ्चल संयोजक कृष्ण योगी , इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी नीरिक्षक शिव पोखरेल लगायतकाले सहजिकरण गरेका थिए । यूएनडिपीले सुनसरीको चाँदेवलामा एजजिओ पार्टनर संकल्प शिविआरसँग मिलेर सामाजिक सद्भाव सम्वन्धि विभिन्नखाले सचेतना मूलक कार्यक्रमको आयोजना गर्दै आएको छ  ।

तपाईको प्रतिक्रिया