२९ कार्तिक, कञ्चनपुर । गत जेष्ठ ७ गते कंचनरुप नगरपालिका १ बरमझियामा ६० वर्षिया उमादेवी गुप्तालाई रक्सीले मातेर मोटरसाइकलले ज्यान मार्ने कुन्दन साहलाई दुई वर्ष जेल तोकेको इलका प्रहरी कार्यालय कञ्चपुरले जनाएको छ ।

साहलाई फैसलामा चित नबुझे ३५ दिन भित्र पुनरावेद गर्न सक्छ । स्थानिय पत्रिका कञ्चनरुप साप्ताहिकले मापसे गरेको प्रतिवेदन सार्वजनिक गर्नुको साथै निरन्तर समाचारको फलोअप गरेको थियो । पिडीत परिवारका अनुसार मापसे गरि मोटरसाइकल चलाएर साहले वृद्धा गुप्ताको ज्यान लिएपनि पीडित परिवारलाई सहानभूति दिनुको साटो सांसद मानपुर चौधरीलाई प्रयोग गरी उम्किन खोजेको थियो ।

मादक पर्दाथ सेवन गरेको प्रतिवेदन परिवर्तन गर्न सारा शक्ति लगाएपनि नसकेपछि पहिलो सुनवाई हुदाँ विभिन्न ठाउँबाट ६ जना वरिष्ठ वकिललाई ल्याएर धरौटीमा रिहा गर्न सफल भएका थिए ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९को ४२ मा सवारी चलाउँदा चालकले मादक वा अन्य कुनै पनि प्रकारको लागू पदार्थ सेवन गर्न हुँदैन । त्यस्तै १४७ मा कुनै चालकले सवारी चलाउँदा लापरवाहीसाथ सवारी चलाउन हुँदैन ।

सोही ऐनको परिच्छेद– १० को सजाय सम्बन्धी व्यवस्थाको धारा १६१को (२)मा कसैले कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा मुलुकी ऐन ज्यान सम्बन्धीको महलमा उल्लेखित म्याद भित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको नभए तापनि त्यसरी सवारी चलाउँदा कसैको ज्यान मर्न सक्ने ठूलो सम्भावना छ भन्ने कुरा जानी जानी वा लापरवाही गरी सवारी चलाएको कारणबाट सवारी दुर्घटना हुन गई त्यसैको कारणबाट कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्रा अनुसार दुई वर्षदेखि दश वर्षसम्म कैद हुने कुरा उल्लेख छ ।

तपाईको प्रतिक्रिया