nandu gurungko hamlai pani
२९ कार्तिक, नरेन्द्र बस्नेत बेलबारी । गायक नन्दु गुरुङको ‘हाम्लाई पनि…’ गीतको म्यूजिक भिडियोको छायांकन आइतबार सम्पन्न भएको छ । मोरङको जाँते–१, डाँडा गाउँमा खिचिएको उक्त गीतको रचना-संगीत देव गुरुङ, एरेन्ज पविधन खालिङले गरेका छन् ।

क्रेजी इन्टरटेइमेन्टको व्यानरमा निर्मित सो म्यूजिक भिडियो भूपेन्द्र तुम्वाहाम्फेको छायांकन र सन्तोष राईको निर्देशन रहेको छ । ‘जमर्काे’ गीति एल्वममा समाविष्ट उक्त गीतमा मोडल योगेन्द्र राई र निशा इम्बुङले अभिनय गरेका छन् ।

म्यूजिक भिडियोमा अन्य कलाकारहरुमा करण धिताल, पुकार राई, जीवन सुवेदी, दीपक खालिङ, सन्तोष राई बी, फिपराज बेघाले पनि अभिनय गरेका छन् ।

भिडियोमा नृत्यका पार्टहरु पनि राखिएकोले अभिषेक मगरको कोरियोग्राफ रहेको छ । ‘भिडियो गाउँले परिवेशको रहनसहनलाई कैद गरिएको र छिट्टै नै युट्युव र टेलिभिजन मार्फत् सार्वजनिक गरिनेछ’ निर्देशक राईले भने ।

तपाईको प्रतिक्रिया