kamala nadi bhut mela1

३० कार्तिक , अमर पासमान सिरहा। तान्त्रिक विद्या पूर्ण हुने विश्वास गर्दै सिरहा र धनुषा सीमामा अवस्थित कमला नदी किनारमा सोमबार भूत मेला सम्पन्न भएको हो ।

कमला नदी किनारमा प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन भूत मेला लाग्दछ । तान्त्रिक विद्या पाको हुने जनविश्वासका साथ भूत मेलामा नयाँ धामीहरु समेत सहभागि हुने गर्दछन । भूतप्रेतले हैरान पारेको तथा भविष्यमा भूतप्रेत आफ्नो घर परिवारमा नआउने विश्वासको साथ देउता भक्तालुहरुले कमला नदी किनारमा पुगि सोमबार बिहान सूर्य उदाउनु अघि स्नान गरेका हुन ।

kamala nadi bhut mela4

स्थानीयमा रात भर देउता र भूत खेलेपछि नदिमा बिहान स्नान गरी त्यही स्थानमा दहि,च्यूरा, सखर तरकारी खाने प्रचलन रहेको छ । पूर्णिमाको दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या पाको हुने, योग सिद्ध हुने, भूतप्रेत कहिले नआउने विश्वास रहेको छ ।

तान्त्रिक विद्या प्राप्तीको लागि ग्रामिण समुदायका मानिसहरु नदि किनारामा पुग्ने गर्दछन । मेलामा सहभागि हुन सिरहा, सप्तरी, उदयपूर, धनुषा, महोतरी सिमाबर्ति भारतको मधुबनि, दरभंगा, समस्तीपूर सहितका जिल्लाहरुबाट हजारौ मानिस पुगेका थिए ।

kamala nadi bhut mela3

तपाईको प्रतिक्रिया