petrol pum anugaman sunsari
इनरुवा कात्तिक ३०/इन्धन अभावसँगै कालोबजारीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले पेट्रोल पम्ममा अनुगमन गरेको छ । केहि दिनयता इन्धन आपुर्तिमा समस्या हुँदा पेट्रोल र डिजलको माग बढेसँगै कालोबजारी हुन सक्ने भन्दै प्रशासनको टोलीले इनरुवा सहित आसपासका क्षेत्रमा रहेका पम्पहरुको अनुगमन गरेको हो ।

ट्याङकर चालकको आन्दोलन मत्थर भैसक्दा समेत पम्पहरुमा भने इन्धन अभाव कायमै छ । जनगुनासो बढेसँगै स्थलगत अनुगमनमा निस्केको टोलीले पम्पहरुमा रहेको तेलको मौज्दात विवरणबारे जानकारी लिएको थियो । अनुगमनका क्रममा कुनैपनि पम्पमा इन्धन नरहेको पाइएको थियो ।

अनुगमन टोलीमा सहभागि रमेश दाहालले आयम निगमबाटै लोड भएका ट्याङकर प्राविधिक कारणवश गनतब्यका लागि छुट्न नसक्दा अभाव सीर्जना हुन पुगेको देखिएको बताए । यसैविच अपरान्हबाट भने पम्पहरुमा इन्धन उपलब्ध हुन थालेको छ ।

तपाईको प्रतिक्रिया