narshing-talim-cyber crime school
३० कार्तिक, इनरुवा /यूएनडिपीले सुनसरीको नरसिंह र चाँदवेलामा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सचेतना कक्षा संचालन गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय सँग सहकार्य गरी मावि तहका विद्यार्थी लक्षित गरी फेसबुकबारेको सचेतना कक्षा संचालन गर्न थालिएको हो । कार्यक्रममा विद्यार्थीहरुलाई फेसबुकले ल्याएको विकृति र अवलम्बन गरिनुपर्ने सावधानी लगायतका बारेमा जानकारी गराउने गरिएको छ । विद्यालय जाने उमेरका बालबालिकालाई लक्षित गरी स्थानीय संघसंस्था संगको सहकार्यमा सुनसरीका विद्यालयहरुमा यूनएडिपीले सचेतना कार्यक्रम संचालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया