काठमाडौं, २२ कार्तिक । मधेशी दलहरुले आईतबारको व्यवस्थापिका संसदको बैठक अवरुद्ध पारेका छन् । सडक आन्दोलनमा पनि रहेका विभिन्न आठ मधेशी दलले संसद बैठक अवरुद्ध पारेका हुन् ।
सभामुख ओनसरी घर्तीले आफ्नो एजेण्डा सम्बोधन गराउन पनि संसदको कारबाही अघि बढाउनु पर्ने आग्रह गरिरहँदा मधेशी दलहरुले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका हुन् ।
नाराबाजी सुरु हुनु अघि संसदमा बोल्दै मोर्चाआवद्ध संघीय समाजवादी फोरमका संसदीय दलका नेता अशोक राईले तराई मधेशको माग माग पुरा नगरी सदन चलाउनु उपयुक्त नहुने बताए ।