इनरुवा मंसिर १ / दाजु, बहिनीवीचको प्रेमको प्रतिकका रुपमा रहेको समा चकेवा पर्व सुनसरीमा समेत हर्षोल्साहका साथ मनाइएको छ ।  विशेष गरी तराईबासी थारु समुदायले मनाउने समा चकेवाका अवसरमा सुनसरीमा एकसाता विभिन्न खाले कार्यक्रमहरु आयोजना हुँदै आएका छन् । यसैवीच थारु जागृति क्लब इनरुवा ९ बलाहाले आज जातिय पहिरन सहितको समा चकेवाको र्याली निकालेको छ ।

samachakewa tharu balaha1
थारु युवायुवति तथा महिलाहरुको उल्लेखनिय सहभागिता रहेको र्यालीले नगरका विभिन्न क्षेत्रको परिक्रमा गर्नुका साथै समा चकेवा विसर्जन कार्यक्रमको आयोजना गरेको हो । खासगरी किशोरी समूहले समा चकेवा खेल्ने भएपनि पछिल्लो समय घरपरिवारका साथै गाउँले महिलाहरु मिलेर सामूहिक रुपमा समा चकेवा मनाउने क्रम बढेको छ । दुई साता सम्म मनाउने समा चकेवाका अवसरमा रातको समयमा गाउँघरमा पुगेर माटोले बनाइएका मुर्तिहरु सहित लोकगीत गाएर पूजा गर्ने गरिन्छ ।

samachakewa tharu balaha2
द्धारपरयुगमा भगवान श्रीकृष्णको सम्झनामा १६ हजार गोपिनीहरुले उक्त पर्व मनाएको पौराणिक कथन छ । सोही चलन कालान्तरमा दाजु र बहिनीको प्रेम र सद्भावको मौलिक पर्वमा रुपान्तरीत बनेको जानकारहरुको भनाई रहेको छ ।
समा चकेवा पर्वको महत्वपूर्ण पात्र पानिने चुङगलाको खराब छविलाई दर्शाउदै कृतिम दाह्री, जुंगा जलाउँदै समा चकेवा खेल्ने गरिन्छ ।

samachakewa tharu balaha
बलाहामा थारु जागृती क्लबले आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथी पुर्व मन्त्री सिनेट श्रेष्ठ , नेकपा एमालेका प्रदेश सदस्य खेमराज पोखरेल , राप्रपा नेपालका केन्द्रीय सदस्य गोपाल कोइराला , संघीय समाजवादी फोरम नेपालका एसएन मेहता , राप्रपाका डम्बर घिमिरे , सामाजिक अभियन्ता पुष्प भट्टराई, प्राज्ञ जिवनाथ पोखरेल , प्रअ पुरुषोतम घिमिरे , युवा नेता मोहीनारायण चौधरी लगायतले समा चखेवाको शुभकामना मन्तव्य राखेका थिए । तिहारको लक्ष्मीपुजाको दिन देखी सुरु हुने समाचखेवा पर्व मंसिरको पुर्णिमाका दिन समापन गरिने प्रचलन रहिआएकोे आयोजक संस्थाका अध्यक्ष रोशन चौधरीले बताए ।

samachakewa tharu balaha3

तपाईको प्रतिक्रिया