birth 3 baby sirha०२ मंसिर, सिरहा। सिरहाको अर्नमा–४ की २५ वर्षिय बुद्धनी सदायले एकैपटकमा तीनवटा बच्चा पाउनु भएको छ । एकै वेतमा तीन जना छोरा–छोरी जम्माएपछि कसरी पालन पोषण गर्नेभन्ने चिन्तामा डुवेको छ । तीनमध्ये दुई छोरा र एक छोरी रहेका छन् ।

बुद्धनी र उहाँका श्रीमान पवनले गरेको दैनिक ज्यालामजदुरीबाट गुजारा चलाउँदै आएका थिए । एकैपटकमा तीन–तीन जना सन्तानलाई हुर्काउने चिन्ताले सताएको छ । ‘सन्तान पाएकोमा खुसी नहुने आमा काहाँहोला र ? खुसीसँगै यिनीहरुलाई कसरी हुर्काउने भन्ने चिन्ताले पीरोल्न थालेको छ; सदायले भन्नुभयो– ‘पहिला दुवै बुढाबुढि कमाउँथ्यौ अव एकै जनाको कमाईले यी साना नानीहरुलाई कसरी हुर्काउने ?’ यसअघिका पनि सदायएका ८ वर्षिया छोरी पुजा र ५ वर्षका छोरा प्रविण छन् ।

सदायले भन्नुभयो–‘उनीहरुपनि बालखा नै छन्, अव ५-५ जनालाई हुर्काउर्ने  सम्झिदा नै मन वेचैन भएर आउँछ ।’ हामी गरिवले छोराछोरी जन्माएर पनि हुर्काउन समस्या हुनेभयो भन्दै सदायले चिन्ता व्यक्त गर्नुभयो ।

गर्भरहेको ७ महिना पछि गर्भमा ३ वटा बच्चा छ भन्ने सदाय परिवारले जानकारी पाएका थिए । तीनवटा वच्चा गर्भमा रहेको थाहापाउँदा पाउँदैपनि आर्थिक अभावका कारण सुत्केरी गराउन अस्पताल जान सकेका थिएनन् ।birth 3 baby sirha1

घरमै सुत्केरी वेथा लागेका सदायलाई धेरै पेटदुख्न थालेपछि गाउँमै गिरहत (साहु) सँग ऋणलिएर १९ गते वेलुका लहानस्थित सप्तऋषि अस्पताल हुर्याएको वुद्धनीकी ससुरा छेदिया सदायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अस्पतालले तीनवटा बच्चा रहेको भन्ने थाहापाएपछि वाहिर लान भनेपनि आर्थिक अभावका कारण लग्न सकिरहेको थिइँन भोलीपल्ट विहान २० गते सजिलै त्यही सवै बच्चाहरु जन्मिए ।

birth 3 baby sirha2

जन्मेका बच्चाहरु सवै स्वस्थ भएपनि कान्छि छोरीको दाहीनेहातका औंलाहरु राम्रोसँग विकसित भएका छैन्न । जन्मदै दुई छोराहरु २-२ केजी र छोरी एक केजी ५०० सय ग्रामका थिए । अहिले घरमा पनि उनीहरु स्वस्थ नै देखिएको बुद्धनीले सुनाउनु भयो । तीनवटा बच्चा जन्मिएको थाहापाएपछि गाउँकै सहयोगीहरुले लाउने कपडा दिएको बुद्धनीले बताए । सम्पतिको नाममा सदाय परिवारको बस्ने छाप्रोबाहेक केही छैन । पवनका बुवा आमा चारजना दाजु–भाई, बुहारी, वहिनी सहित १५ जनाका परिवार आ–आफ्नो गरीखाएपनि त्यही छाप्रो वस्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया