12231089_964539760260618_2073324055_n

कात्तिक २२ गते इनरुवा/
जिल्ला कृषि बिकास कार्यालय सुनसरीले विभिन्न विधाका उत्कृष्ट कृषक लगायतलाई सम्मान गरेको छ ।
कार्यालयले आइतवार एक औपचारिक कार्यक्रमको आयोजना गरी राष्ट्रपति कृषि उत्कृष्ट पुरस्कार जिल्लाका ३ किसानहरुलाई प्रदान गरेको हो ।
राष्ट्रपति कृषि पुरस्कार पाउनेमा मधुवनका बंगुर पालक अशोक राई, भोक्राहाका तरकारी किसान चन्दन मेहता र देवानगंजका तरकारी किसान देवनारायण मेहता रहेका छन् । उनिहरुलाई सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ र स्थानीय विकास अधिकारी रामप्रसाद वाग्ले ले जनही १० हजार नगद सहित प्रमाणपत्रले सम्मान गरेका थिए । कार्यक्रममा कृषि सम्वन्धि वकतृत्वकला प्रतियोगितामा जिल्लामै उत्कृष्ठ रहेका ४ जना विद्यार्थी र २ जना प्राविधिक कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।

एक साथ दुई कार्यक्रम आयोजना गरेको जिल्ला कृषि बिकास कार्यालय सुनसरीले वार्षिक प्रगति विवरण समेत सार्वजनिक गरेको थियो । कार्यक्रममा कार्यालय प्रमुख डा.रविन्द्रनाथ चौबेले जिल्लाको ७४ हजार ३ सय ५७ हेक्ट क्षेत्रफल खेती योग्य जमिन रहेको जानकारी गराउँदै आधुनिक तथा वैज्ञानिक प्रवृधिबाट खेतीका लागि किसानहरुमा सहजिकरण थालिएको बताए ।

तपाईको प्रतिक्रिया