२ मंसिर एजेन्सी । बिहानै भारत हरियाणा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। विहान साढे ४ बजे हरियणाको बवाला केन्द्रविन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण आइनसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। हरियणाको बावलबाट १३ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको थियो। भूकम्पको झड्का पछि हरियणका मानिस सडकमा आएका थिए। भूकम्पको झड्का दिल्ली तथा आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो।

तपाईको प्रतिक्रिया