Petrol-In-bottle

लहान, २२ कात्तिक / मुलुकभर पेट्रोलियम पदार्थको हाहाकार भइरहेका बेला सिरहा प्रहरीले गए राति विभिन्न पेट्रोल पम्पमा लुकाएर राखिएको ठूलो परिमाणमा पेट्रालियम पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले लहानस्थित मुरारका आयल टे«डर्सबाट ६० लि पेट्रोल र सिरहाको धनगढीस्थित गुप्ता आयल स्टोरबाट ११ लि डिजल बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार टोलीले दुवै पेट्रोल पम्पसहित पेट्रोल पम्पका छेउछाउमा बेवारिसे अवस्थामा राखिएको समेत गरी करिब एक हजार ५०० लि डिजल र दुई सय लि पेट्रोल बरामद गरेको छ ।

सो क्रममा पेट्रोलियम पदार्थको कालोबजारीमा संलग्न रहेको आरोपमा मुरारका आयल टे«डर्सका रामवली महतो र गुप्ता आयल स्टारका दिलीप साहलाई पक्राउ गरिएको छ ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया