depiction-of-breast-cancer३ मंसिर। स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ। साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ। तर, जब शीघ्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छन्, पुराना कोषहरू टाँसिएर रहन्छन्, तब गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुन्छ। त्यो प्रक्रिया क्यान्सर नहुने वा हुने दुवै प्रकृतिको हुनसक्छ। क्यान्सर हुने प्रकृतिका ट्युमरले नजीकका तन्तु तथा अवयवहरू नष्ट गर्छन्।

ती ट्युमर शरीरको अन्य भागमा फैलिन सक्छन्, शल्यक्रिया गरेर हटाए पनि फेर िउत्पन्न हुन्छन् र धेरै खतरनाक हुन्छन्। स्तन क्यान्सर प्रायः दुग्ध उत्पादन गर्ने नलीबाट सुरु हुन्छ तर कहिलेकाहीँ तन्तुहरूको झुप्पाबाट पनि सुरु हुन्छ। स्तन क्यान्सर शरीरको कुनै पनि भागमा फैलिन सक्छ। स्तन क्यान्सर फैलिएमा हड्डी, कलेजो, फोक्सो तथा मस्ितष्कमा पनि ट्युमर हुन सक्छ।

प्रत्येक आठमा एक अर्थात् १२.६ प्रतिशत महिलालाई जीवनकालमा एकपटक स्तन क्यान्सर हुन्छ। प्रत्येक १३ मिनेटमा स्तन क्यान्सरका कारण एक महिलाको मृत्यु हुन्छ। क्यान्सरबाट मर्ने १५ देखि ५४ वर्षका महिलाहरूमा सबैभन्दा धेरै लाग्ने स्तन क्यान्सर हो भने ५५-७४ वर्षका महिलाको मृत्युको दोस्रो कारण हो। समयमै रोगको निदान र उपचार गर्ने ९६ प्रतिशत महिलाहरू पाँच वर्षपछि क्यान्सररहित हुन्छन्। ८० प्रतिशतभन्दा बढी स्तनका गिर्खा क्यान्सर नहुने प्रकृतिका हुन्छन्। स्तन क्यान्सर प्रौढलाई मात्र होइन, जुनसुकै उमेरका किशोरी तथा युवतीलाई पनि हुनसक्छ।

स्तन क्यान्सर प्रमुख पाँच क्यान्सर मध्ये एक मानिन्छ । यो क्यान्सर कुनै पनि उमेरमा हुनसक्ने भए पनि ४० वर्ष को उमेरभन्दा पहिला हुने खतरा ५ प्रतिशत मात्र हुन्छ । सन् २००४ मा मात्र विश्वमा स्तन क्यान्सरबाट मृत्यु हुने हरुको संख्या ५,१९,००० थियो ।

१९७० देखि स्तन क्यान्सर हु ने महिलाहरुको संख्या बढ्दो छ जसको कारण पश्चिमी मुलुकको आधुनिक जीवन शैलीलाई लिईन्छ । लिङ्ख, उमे र, हामोन जस्ता आदि तत्वहरुले हुने स्तन क्यान्सर पारिवारिक इतिहास वा वंश परम्पराको कारणले पनि हुने गर्दछ । कुनै महिलाको आमा, दिदी बहिनी अथवा मावली तर्फ स्तन क्यान्सर भएको इतिहास भए उनीलाई पनि स्तन क्यान्सरको संभावना रहन्छ । अझ ४० वर्षको उमेर भन्दा पहिले स्तन क्यान्सर हुने पारिवारिक इतिहास भएमा यो खतरा अझै बढी हुन्छ ।

स्तनपानले आनुवंशिक क्यान्सरको खतरा मात्र घटाउने हो । पारिवारिक इतिहासमा स्तन क्यान्सर नहुने महिलाहरु र स्तनपानको भने कुनै सम्वन्ध रहेको छैन । यद्यपि एउटा अनुसन्धानले स्तनपानले २५ प्रतिशत क्यान्सरको खतरा घटाउने देखाएको छ । स्तनपान बच्चाको लागि अति महत्वपूर्ण मानिन्छ । अझै स्तन क्यान्सरबाट बच्न आमाको लागि पनिस्तनपान आवश्यक देखिएको छ । त्यसैले स्टुवीले भनेकी छन् , “सामाजिक स्वस्थ्य स्तनपानबाटै सुरु हुन्छ ।

यस्तो अबस्थामा स्तन क्यान्सरको सम्भावना बढी हुन्छः

  • वंशाणुगत कारणबाट आमा, दिदी, बहिनी, छोरी वा नजिकका नातेदारहरूमा स्तन क्यान्सर भएमा ।
  • ३० वर्षपछि बच्चा जन्माउने महिलाहरूमा ।
  • बच्चा नजन्माएका महिलाहरूमा ।
  • स्तनपान नगराउने महिलाहरूमा ।
  • स्तनमा पहिलेदेखि नै गा“ठागु“ठी वा पुराना समस्या भएमा ।
  • पहिले एउटा स्तनमा क्यान्सर भइसकेका महिलाहरूमा ।
  • चिल्लो र बोसोयुक्त खाना बढी खाएमा ।

स्तनको क्यान्सरमा देखिने चिन्ह र लक्षणहरूः

स्तन क्यान्सरको प्रारम्भिक अवस्थामा कुनै पनि लक्षणहरू देखिँदैनन्। क्यान्सर बढ्दै गएपछि निम्नलिखित लक्षणहरू देखा पर्छन् :

  • स्तन वा पाखुरामुनि गिर्खा हुनु, गिर्खा कडा, अनियमित तथा नदुख्ने प्रकृतिको हुनु।
  • स्तन वा स्तनको मुन्टोको आकार-प्रकार परविर्तन हुनु। जस्तै- रातोपना, चाउरएिजस्तो, सुन्तला रङको, मुन्टो स्तनतिर फर्किएको, मुन्टो वरपिरकिो छालामा कत्ला निस्केको वा सुन्निएको।
  • स्तनबाट दूधबाहेकको तरल पदार्थ जस्तै- रातो, सफा वा पहेँलो, हरयिो अथवा पीपजस्तो आउनु।
  • स्तनको मुन्टो दुख्नु।
  • स्तनमा निको नहुने घाउ हुनु।
  • गम्भीर अवस्थामा हाड दुख्नु, स्तन दुख्नु, स्तनमा घाउ आउनु, पाखुरा सुन्निनु, वजन घट्नु।
  • सबै गिर्खाहरू क्यान्सर होइनन्। दसमा आठ गिर्खा क्यान्सर नहुने प्रकृतिका हुन्छन्।

स्तन क्यान्सरको निदान

  • एफएनएसीः स्तनमा आएका अस्वभाविक गिर्खाको कोष—कोषिकाहरू मसिनो सुईले झिकेर प्रयोगशालामा अनुसन्धान गरी क्यान्सर निदान गर्न एफएनएसी परीक्षण गरिन्छ ।
  • हिस्टोप्याथोलोजीः स्तनको प्रभावित भागबाट मासुको सानो टुक्रा निकाली प्रयोगशालामा ‘बायस्पी’ परीक्षण गरी स्तन क्यान्सरको निदान गरिन्छ । यस बाहेक क्यान्सर निदान गर्न अन्य परीक्षणहरू पनि आवश्यकता अनुसार गर्नुपर्ने हुन्छ ।

स्तन क्यान्सरको उपचार विधि

महिलाहरूको उमेर ढल्किँदै गएपछि स्तन क्यान्सरको खतरा पनि बढ्दै जान्छ । बिरामीको अवस्था र शरीरका अन्य भागमा क्यान्सर फैलिएको वा नफैलिएको आधारमा उपचार गर्नुपर्दछ ।

१. शल्यक्रियाः                   स्तन क्यान्सर लागेको भाग वा अङ्गलाई शल्यक्रिया गरी निकाल्ने प्रक्रिया ।
२. रेडियोथेरापीः               क्यान्सर भएका कोष–कोषिकालाई मार्न विकिरणको प्रयोगबाट स्तन क्यान्सरको उपचार गर्ने विधि ।
३. केमोथेरापीः                  क्यान्सर विरुद्धको औषधीको प्रयोगद्वारा क्यान्सरको उपचार गर्ने पद्दति ।
४. हर्मोनथेरापीः                हर्मोनको प्रयोगबाट स्तन क्यान्सरको उपचार गर्ने विधि ।
५. प्यालिएटिभ केयरः       क्यान्सरका बिरामीको पीडा र असुविधा कम गर्न अस्पतालमै राखेर अपनाइने आवश्यक उपचार पद्दति ।

बिरामी र रोगको अवस्थाका आधारमा एक वा एकभन्दा बढी उपचार विधिको प्रयोग गर्नुपर्ने हुन सक्छ । पौष्टिक आहार, बिरामीको स्याहार–सुसार तथा परिवारिक स्नेहले क्यान्सर रोगको उपचारमा ठूलो महत्व राख्दछ ।

स्तन क्यान्सरको रोकथाम

महिलाले आफ्नो स्तनको आफैँ परीक्षण गरी गाँठा वा गिर्खा फेला पारेमा तथा स्तन क्यान्सरका अन्य लक्षण देखेमा तुरुन्त सम्बन्धित अस्पतालमा जचाउँनुपर्दछ । सुरुकै अवस्थामा रोग निदान गरी उपचार गरे स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ । चिल्लो तथा बोसोयुक्त खानेकुराहरू नखाने, सुर्तीजन्य पदार्थको सेवन नगर्ने, मोटोपना घटाउने र बच्चालाई दुई वर्षसम्म स्तनपान गराउनाले स्तन क्यान्सरको रोकथाम गर्न मद्दत पुग्दछ ।

तपाईको प्रतिक्रिया