karina pregnaent

एजेन्सी । बलिउड अभिनेत्री करिना कपुर अस्पताल भर्ना भएकी छिन् । करिनलाई सुत्केरी ब्याथा लागेपछि अस्पताल भर्ना गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । सन् २०१२ मा सैफ अलि खानसँग विवाह गरेकी करिना पहिलो पटक आमा बन्न लागेकी हुन् । करिना गर्भवती अवस्थामा पनि शटिङमा व्यस्त थिइन्। गत बुधबार मात्रै करिनाले एक म्यागेजिनका लागि फोटोशुट गराएकी थिइन।

आफू भन्दा १० बर्ष कान्छी करिनासँग सैफले दोस्रो विवाह गरेका थिए । शाहिद कपुरसँग लामो लभ अफेयर ब्रेकअप पछि उनले सैफसँग सम्बन्ध अघि बढाएकी थिइन् ।

तपाईको प्रतिक्रिया