इनरुवा मंसिर ३/वृहत राष्ट्रवादी मोर्चाले राजसंस्था र हिन्दु राष्ट्र स्थापनाका लागि काठमाण्डौं केन्द्रित निर्णायक आन्दोलन थाल्ने भएको छ ।
मेचि महाकाली मोर्चाबन्दीमा जुटेको राष्ट्रवादी समूहले चैत्र अन्तिमबाट काण्माण्डौं केन्द्रित आन्दोलन चर्काउने जनाएको हो । सुनसरीको डुम्राहा ८ जिराइतमा भेलाभएका राष्ट्रवादी मोर्चामा आवद्ध अभियान्ताहरुले राजसंस्था र हिन्दुत्वका लागि मिलेर आन्दोलनमा होमिने निर्णय गरेका हुन् ।
कार्यक्रमकालागि जिराइत पुगेका पूर्व शिक्षा मंत्री केशरबहादुर विष्टले राजनैतिक खिचातानीले मुलुकलाई खोक्रो बनाएकाले निकासकालागि राष्ट्रवादीहरु एकजुट भई वृहत आन्दोलनमा होमिनुको विपल्प नरहेको धारणा राख्नुभयो । आवश्यक्ता परे ससस्त्र आन्दोलनमा उत्रनु पर्ने भएकाले मोर्चालाई तयारी अवस्थामा राखिएको विष्टको भनाई थियो ।
कार्यक्रममा अभियान्ता केन्द्रिय उपाध्यक्ष विष्णु भट्टराई, महामंत्री घनश्याम गिरी, स्वामी श्रीनिवाशाचाय, केन्द्रिय ट्रेड युनियन अध्यक्ष नवराज दाहाल, केन्द्रिय सदस्य किशोर गुरुङ, अगुवा गोपाल कोइराला लगायतले राष्ट्रवादी मोर्चा गठनको आवश्यकता बारे प्रस्ट्याएका थिए । कार्यक्रम वृहत राष्ट्रवादी मोर्चाका केन्द्रिय संयोजक सिनेट श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।