०३ मंसिर, दिलिप साह, राजविराज । सप्तरी नर्घोमा शुक्रबार बिभिन्न पार्टी परित्याग गरी सयौ केन्द्रिय तथा स्थानिय स्तरका नेता कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रबेश गरेका छन ।

नेपाल हरियाली पर्टीका केन्द्रिय सदस्य रामाकान्त यादबको नेतृत्वमा बिभिन्न पार्टी परित्याग गरी सयौको सङ्ख्यामा नेता तथा कार्यकर्ता फोरम नेपालमा प्रबेश गरेका हुन । संघीय समाजवादी फोरम नेपाल नर्घोद्धारा आयोजित पार्टी प्रबेश कार्यक्रममा नब प्रशेशी नेता तथा कार्यकर्ताहरुलाई पार्टीका केन्द्रिय उपाध्यक्ष एबम तराई मधेश प्रदेशका संयोजक रेणु कुमारी यादबले फूलमाला, अबिर लगाई पार्टीको सदस्यता प्रदान गरी प्रवेश गराउनुभयो ।

संघीय समाजबादी फोरम नेपाल नर्घोका अध्यक्ष सत्य नारायण यादबको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष रेणु कुमारी यादबको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य एबम राजनितिक समिती सदस्य शैलेन्द्र प्रसाद साह, जिल्ला अध्यक्ष दिनेश कुमार यादब, सचिब उमेश प्रसाद यादब, सह सचिब उपेन्द्र प्रसाद साह लगायत उपस्थिती रहेका थिए ।

यसैगरी जिल्ला सदस्य एबम पार्टी प्रशिक्षण बिभाग प्रमुख केदार यादब, जिल्ला सदस्य एबम क्षेत्र नम्बर ४ का ईन्चार्ज शिबशंकर यादब, जिल्ला सदस्य सुरेन्द्र यादब, क्षेत्र नम्बर ४ का अध्यक्ष अमरनाथ यादब लगायतका स्थानीय नेता तथा कार्यकर्ताहरुको समेत उपस्तिथी रहेका थिए । संघीय समाजवादी फोरम नेपाल क्षेत्र नम्बर ४ का सचिब बिरेन्द्र यादबले संचालन गरेको कार्यक्रममा स्वागत कोषाध्यक्ष राजेन्द्र प्रसाद यादबले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल हरियाली पार्टीका केन्द्रिय सदस्य रामाकान्त यादबको नेतृत्वमा १ सय १० जना, जगदेब यादबको नेतृत्वमा नेपाली कांग्रस परित्याग गरी ३५ जना र माहाबिर यादबको नेतृत्वमा सद्भाबाना पार्टी परित्याग गरी ५० जना नेता कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रबेश गरेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया