०३ मंसिर, दिलिप साह , राजविराज । सप्तरीको रायपुर गाविस लाई खुल्ला दिशा मुक्त घोषण गर्ने कार्यक्रम अन्तर्गत शुक्रबार बृहत छलफल एवं अन्तक्रिया कार्यक्रम समपन्न भएको छ । गाविस भवन रायपुरको प्राङ्गगनमा आयोजना गरिएको उक्त बृहत छलफल एवं अन्तक्रिया कार्यक्रमा रायपुर गाविस लाई खुल्ला दिशा मुक्त घोषण गर्न विभिन्न निण्र्नयहरु सर्व सम्मतले पारित गरियो ।
शौचालय नभएका व्यक्तिहरुलाई गाविसद्वारा दिईने सम्पूर्ण सेवा सुबिधा कडाईका साथ बन्द गर्ने तथा गाविस मातहातका कर्मचारीहरु पूर्ण ईमान्दारी पूर्वक काम गर्नुपर्ने, सम्बन्धित वडाका V-WASH-CC सदस्यहरुले एक पटक पुनः चर्पी नभएका व्यक्तिहरु लाई अनुरोध गर्ने र तत्पश्चात पनि चर्पी बनाउन अटेर गरे पछि मैकिङ्ग फ्लोअप गर्ने सर्वसम्मतले पारित गरियो ।
त्यस्तै, चर्पी बनाउन अटेर गर्ने र बाहिर खुल्ला दिशा गर्ने व्यक्तिहरु लाई प्रहरी परिचालन गरिने, सबै वडा वाट दुई–दुई जना रहने गरि अनुगमन समिति गठन गर्ने सर्व सम्मतले पारित गरियो । V-WASH-CC को अध्यक्ष श्री खुशीलाल यादवको अध्यक्षतामा तथा सेभ द सप्तरीका अध्यक्ष एवं गैसस महासंगका केन्द्रिय उपाध्यक्ष ध्रुव प्रसाद देवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा भुपु गाविस सचिव तथा अध्यक्ष मुखिलाल यादव, निर्वतमान गाविस उपाध्यक्ष हिरालाल मंडल, समाज सेवी हरेराम यादव, गजेन्द्र प्रसाद चौधरी, लालो महतो, किसुन यादव, भागवत यादव, अषर्फि यादव सहित ले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम संचालन सेभ द सप्तरीका गजेन्द्र प्रसाद यादवले गरेका थिए ।