०३ मंसिर, दिलिप साह, राजविराज । सप्तरी जिल्लाको विभिन्न गाविसमा हुकिङ्ग गरी विद्युत चोरीमा संलग्न ९ जनालाई पक्राउ गरेको छ ।यसरी पक्राउ पर्नेहरुमा को.वर्साइन गाविस–९ बस्ने केशव कुमार साह, ७ बस्ने बलराम साह, भोजा खंङ, इनरुवा गाविस–८ बस्ने वद्दी कुमार माझी,, ठेलिया गाविस–९ बस्ने सुरज नारायण यादव, पोर्ताहा गाविस–७ बस्ने श्याम यादव र धिरेन्द्र यादव रहेका छन् ।

विद्युुत कार्यालय राजबिराज र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेका ब्यक्तिहरु उपर विद्युत चोरी नियन्त्रण ऐन अन्तर्गत कार्बाही हुने बताएको छ ।

तपाईको प्रतिक्रिया