susila Karki sapatari kanun adalat

०३ मंसिर, दिलिप साह, राजविराज । प्रधानन्यायधीश सुशीला कार्कीले स्थानिय स्तरमा अदालति प्रक्रिया विस्तारै सजिलो भईरहेको बताउनु भएको छ । सप्तरीको राजविराज आउनुभएकी प्रधानन्यायाधीश कार्कीले संचारकर्मीहरुसंग कुरा गर्नु हुदै अदालतमा सुचनाको कुरा र एकघण्टे सेवाको प्रक्रिया सुरु भएपनि अरु सेवाहरु विस्तारै सुचारु हुने बताउनु भयो  ।

उहाँले नेपालमा राजनितिक आस्थाबाट अछुतो कोही पनि नभएको कारणले न्यायाधिश नियुक्ति भएको व्यक्ति न्यायालय भित्र काममा आईसकेपछी राजनीतिबाट टाढा भएर काम गर्नुपर्ने बताउनुभयो  । उहाँले हामी सबै पार्टीलाई बरावर दृष्टिकोणले हेरिरहेको बताउदै सबै पार्टीहरुलाई मुद्दा हराएको दस्तावेज हामीसंगै रहेको समेत बताउनुभयो ।

प्रधानन्यायाधीश कार्कीले मेरो पालामा न्यायालयमा भ्रष्टाचार न्युनीकरण गर्न लागि परेको बताउनुभयो । उहाँले तलाउमा एउटा भ्यागुता फोहरी भए सबै भ्यागुता फोहरी भएको उदाहरण दिनुहुदै न्यायालय भित्र पनि केही भ्रष्टाचार भएकोले त्यसको निर्मुल हुनु पर्नेमा जोड दिनुभयो । उहाँले संचाकर्मीहरुको उत्तर दिनुहुदै सरकारले संविधान कार्यान्वयन गर्न नसकेको अवस्थामा अदालतलाई विवादित नबनाउनका लागि अदालती प्रक्रियालाई संघियतामा लगेको जिकिर गर्नुभयो ।

पत्रकार सम्मेलन पछि प्रधानन्यायाधिश राजविराज उच्च अदालत बार एशोसिएशनद्वारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा समेत सहभागी हुनुभयो । उहाँसँगै सर्वाेच्च अदालतका न्यायाधिश ईश्वर प्रसाद खतिवडा, न्याय परिषद सदस्य रामप्रसाद सिटौला, उच्च अदालत जनकपुरका मुख्य न्यायाधिश सुरेन्द्र बीर बस्नेत लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया