nepali-aama-gurukul natak
६ मंसिर, रोशन पोखरेल विराटनगर। आज देखि आरोहण गुरुकुल विराटनगरमा मंञ्चन हुन लागेको नाटक नेपाली आमा को सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

आरोहण गुरुकुल विराटनगर र वन वल्र्ड थिएटर काठमाण्डौको संयुक्त आयोजनामा आज मंसिर ६ गते देखि मंसिर ८ गते सम्म प्रदर्शन हुने नाटकको सम्पुर्ण तयारी पुरा भएको सो नाटकका निर्देशक तथा रंगकर्मी राजकुमार पुढाशैनीले जानकारी दिनुभयो । नेपाली आमा पुस्तक, अमेरिकी शान्ति कोरका स्वयंसेवक शिक्षक, Broughton Coburn, ले स्यांग्जा जिल्लाको को कोल्मा मा एक स्कूलमा आफ्नो स्वयंसेवक शिक्षक काम गर्दा बिताएको १० वर्ष को अनुसन्धान र अनुभव कार्यमा आधारित छ ।

यो पुस्तक गुरुङ परिवारकी एक नेपाली वृद्ध महिला ( बिष्णुमाया गुरुङ ) को पहाडी जीवन शैली, नेपाली महिलाहरू को दिन चर्या र विभिन्न कुराहरू बारे उनको विचार संग सम्बन्धित छ र आमाले गरेको बिश्व परिदृश्य, उनको जीवन अनुभव, जन्मजात मिथक र अन्धविश्वास, अनि एक वास्तविकता त्यो अक्सर उनको आफ्नै जीवन मा निर्माण भएको देखिन्छ र आधारित छ । उनको ज्ञान बिबेक, जसको जीवन र बुद्धि, मानव आत्माको शक्ति लाई लचक रुपमा चित्रण गरि, एक अनुकरण गर्न नसकिने हिमालय स्त्रीको जीवनलाई प्रस्ट्याउन खोजिएको छ ।

नाटक लिएर नेपाल भ्रमणको क्रममा निस्केको १८ जना कलाकारहरुको टोलीले विराटनगरमा पनि नाटक प्रदर्शन गर्न लागेको हो । नाटकमा देशभक्त खनाल, मिश्री थापा, अरुणा कार्की, कमलमणी नेपाल, पशुपति राई, रुरु पोखरेल लगायत राष्टिय कलाकारहरुको अभिनय रहेको छ । गुरुगं सँस्कृति झल्काउने कथा रहेको नाटकका कलाकारहरु यसअघी स्यांजाको कोल्मा गाविस मै एक साता बसेर नाटक तयार गरेको उहाँले बताउनुभयो ।

२ सय र ५ सय रुपैयाँ टिकट दर रहेको नाटक गुरुकुलको शुशिला कोईराला नाटकघरमा दिउँसो १ बजे र अपरान्ह साढे ४ बजे मंञ्चन हुने कार्यक्रम संयोजक मिलन नेपालीले बताउनुभयो

तपाईको प्रतिक्रिया