हलिउड फिल्म सुटिङका लागि काठमाडौं आएको युनिटले पाटन क्षेत्रमा सुटिङ गरेको छ । ५८ जनाको हलिउड फिल्म सुटीङ युनिट काठमाडौं आएको थियो । युरोपेली जहाज कम्पनी एयरबसको ठूलो जहाज एयरबस ए–३४० सिरिजको विमान चार्टर गरेर युनिट काठमाडौं आएको थियो । बेनेडिक्ट कम्बरब्याचले मुख्य भूमिकामा अभिनय गरिरहेको फिल्मको नाम मार्वल्स डाक्टर स्ट्रेन्ज’ छ । चलचित्र सन् २०१६ को नोभम्बरमा रिलिज गरिने छ । युनिटले राजधानीका विभिन्न क्षेत्रमा सुटिङ गरिरहेको छ । बेलायतबाट १० घन्टा लामो उडानमा काठमाडौं आएको यो टोली बौद्धस्थित ह्यात होटलमा बसिरहेको छ ।

doctor-strange-shooting-in-nepal-1 doctor-strange-shooting-in-nepal-2 doctor-strange-shooting-in-nepal-3 doctor-strange-shooting-in-nepal-7 doctor-strange-shooting-in-nepal-11

 

भिडियोको लागि तल क्लिक गर्नुहोस

 

तपाईको प्रतिक्रिया