aaglagi bhojpur fire

६ मंसिर, भोजपुर। ग्यास पड्किँदा भोजपुर जिल्लाको सदरमुकाम भोजपुर बजारमा भीषण आगलागी भएको छ । आइतबार साँझ पाँच बजे बजारको भोटेपसल स्थित नीलम ज्वेलर्समा ग्यास पड्केपछि बजारमा आगो लागेको हो । अहिलेसम्म आगलागीबाट १५ भन्दा बढी पसल तथा स्थानीय बासिन्दाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राधा पराजुलीले जानकारी दिनुभयो ।

aaglagi bhojpur fire1

भोजपुर नगरपालिकाको एकमात्र वारुण यन्त्रको मद्दतमा आगो निभाउने प्रयास भएको थियो । यस्तै, नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी तथा स्थानीयवासी आफैले आगो निभाएका थिए।निकै लामो प्रयास पछि आगो नियन्त्रणमा आउन सकेको प्रहरीले जनाएको छ । आगलागीबाट पसल तथा घरमा राखिएका ग्याँस सिलिन्डर पड्किन थालेपछि आगलागी फैलिँदै गएको हो ।

घना बजार भएका कारण आगो निभाउन कठिन भइरहेको थियो । आगो निभाउन नसकेपछि डोजरले घर तथा पसल भत्काउने काम भएको थियो । बजारको विद्युतीय सेवा अहिले बन्द गरिएको छ । खानेपानीको पाइपलाइन काटेर आगो निभाउने काम भएको बताइएको छ ।

aaglagi bhojpur fire2

तस्विरः सामाजिक संजालबाट

तपाईको प्रतिक्रिया