ramchandra_paudel

६ मंसिर, महोत्तरी । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल चढेको गाडी महोत्तरीमा सामान्य दुर्घटना भएको छ । महोत्तरीको जलेश्वर जाँदै गर्दा बाटोमा उनि चढेको बा ६ प ७५५५ स्कर्पियो गाडीको स्टेयरिङ्ग फेल भएको उनका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए ।

पौडेल सर्लाहीबाट पार्टीको कार्यक्रमका लागि जलेश्वर गईरहेका थिए  । अहिले गाडीको मर्मत भइरहेको बताइएक छ । पौडेल भने अर्कै गाडी चढेर कार्यक्रमस्थल जलेशोर पुगेका छन ।

 

तपाईको प्रतिक्रिया