jhumkaa karagar sanskritik program2
६ मंसिर, झुम्का। क्षेत्रीय कारागार झुम्कामा रहेका कैदीबन्दीहरुका लागि खेलकुद सागाम्री उपलब्ध गराइएको छ । मोरङका उद्योगपति तथा समाजसेवा दिनबन्धु गोयलले विभिन्न किसिमका खेलकुदका सागाम्री उपलब्ध गराउनु भएको हो ।

कारागारमा आयोजित विशेष कार्यक्रमकावीच गोयलले खेलकुद सामाग्रीहरु चौकिदार तारा राईलाई हस्तान्तरण गर्नु भएको हो । सामाग्री हस्तान्तरण पश्चात बोल्दै गोयलले बन्दी जीवन व्यतित गरिरहेका कैदीहरुलाई विगत भुलेर सुनौलो भविष्य कोर्ने तर्फ लाग्न सुझाव दिनुभयो । सुधारगृह उन्मुख बनेको झुम्का कारागारबाट कैद भुक्तान गरी गएकाहरुको समाजमा फिर्ती स्वयंका अलावा अन्यकालागि समेत प्रेरणाको स्रोत बन्न सक्ने वहाँको भनाई थियो ।

कार्यक्रममा उक्त कारागारमा कैद भुक्तान गरिरहेका मध्येका जेष्ठ नागरिक ८८ वर्षिय विष्णुप्रसाद पोखरेललाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा कारागार प्रशासन अधिकृत शंकरप्रसाद पौडेल सहितको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया