मंसिर ६, इनरुवा । सीमावर्र्ती क्षेत्रका स्थानीयले चौपाया लगायतको चोरी नियन्त्रणकालागि सहकार्यको खाँचो औल्याएका छन् । भारतसँग सीमा जोडिएकै कारण नेपाली भूमितर्फका चौपायाहरु चोरिने क्रम रोकिन नसकेको स्थानीयहरुको भनाई छ । सुनसरीको घुस्कीमा आयोजित समूदायमा शान्ति, सुरक्षा, सद्भाव र एकता विषयक कार्यक्रमका सहभागिहरुले सुरक्षा निकाय र स्थानीय सर्वसाधारणवीच प्रभावकारी समन्वयको खाँचो औल्याएका हुन् ।
दिवा सहभोज नाम दिइएको उक्त कार्यक्रममा सिमा सुरक्षामा स्थानीय समुदायको सवलिकरणको विषयलाई उठान गरिएको थियो ।यूएमएनको सहयोगमा चन्द्रमुखी क्लबले आयोजना गरेको कार्यक्रमका सहभागि स्थानीयवासीले चोरी डकैतीका घटनामा तुलनात्मक रुपमा कमी आएतापनि ढुक्क भएर बस्ने अवस्था भने बन्न नसकेको धारणा राखेका थिए । अधिकारकर्मी धमेन्द्र मेहताले नेपाल र भारत दुवै पक्षका सुरक्षा निकायवीच समन्वय बढाई शान्ति सुरक्षाको मजबुतिकालागि सहकार्य गरी अघि बढ्नुको विकल्प नरहेको बताए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सिमावर्ति क्षेत्रका वासिन्दाको दैनिकी कष्टपद रुपमा व्यतित भैरहेकाले शान्ति सुरक्षा र अमनचयनलाई प्रभावकारी बनाइनुपर्ने माग गरेका थिए ।
कार्यक्रममा भारतीय पक्षका केही अगुवा नेता तथा समाजसेवीहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा घुस्कीका ससस्त्र प्रहरी नीरिक्षक धिरज गुरुङ लगायत मातहतका प्रहरी युनिटका साथै ससस्त्र प्रहरीको उपस्थिती रहेको थियो । सीमावर्ति क्षेत्र लक्षित गरी संचालनमा ल्याइएको कार्यक्रमले स्थानीय सुरक्षा निकायसँग समन्वय बढाई न्यूनिकरणको कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल बनेको सीएमसीका अध्यक्ष परमानन्द मेहताले बताए । सचेतना सहित अपराध रहित समाज निर्माणको पहल स्वरुप अन्यत्र समेत समन्वयात्मक कार्यक्रमलाई निरन्तरता दिइने कार्यक्रम संयोजक गबनसिङ चौधरीले बताए ।