६ मंसिर, बारा । बाराको गढीमाई नगरपालिका-१ पथलैयामा सोमबार बिहान पौने १२ बजेतिर बम विस्फोट हँुदा एक जना घाइते भएका छन् ।स्थानीय शंकर लामाको घरको कोठाभित्र बम विस्फोट हुँदा गढीमाई नगरपालिका-१६ पिलुवाका ४२ वर्षका गोपीलाल श्रेष्ठ घाइते भएका हुन् । उनको देब्रे हात क्षतविक्षत भएको छ ।
यसैबीच पथलैयामै रहेको होली गार्डेन इंग्लिस स्कुलमा बम राखिएको हल्ला चलेपछि विद्यालयमा रहेका विद्यार्थीबीच भागदौड मच्चिएको छ । बम राखिएको हल्ला चलेपछि विद्यालयमा रहेका विद्यार्थी लिन अभिभावकहरु दौडँदै विद्यालय पुगेका थिए भने विद्यार्थी कहालिएर रोएका थिए । अहिले विद्यालय बन्द गरिएको छ । विद्यालयलाई पनि घेरा हालेर प्रहरीले अनुसन्धान गरिरहेको छ । उज्यालो अनलाइन