saroj-dhital-feature-890x395_c

जुहारी त चल्दै गर्ला । हाललाई बुझेको कुरा चाहिं यति मात्रै हो है :

१. मधेसी जनताले लामो समयदेखि हेपिएको अनुभव गरेकै हो ।

२. भारतले त्यो असन्तुष्टीलाई आफ्ना स्वार्थमा अधिकत्तम प्रयोग गर्न खोजेकै हो (नेपाललाई आफ्नै नियन्त्रणमा राखिराख्नु भारतको एउटा महत्वपूर्ण स्वार्थ हो) ।

३. नेपाली शासकहरु मधेसको असन्तुष्टीप्रति लामो समयसम्म असंवेदनशील भएकै हुन्, भारतीय नियतका बारेमा तिनले बेवास्ता पनि गरेकै हुन् ।

४. नेपालले भारतमाथिको अतिनिर्भरताको उहिल्यै अन्त्य गर्नुपर्ने हो, (बल्ल त्यो चेत खुल्न थालेको छ) ।

५. मधेसी आन्दोलन र भारतीय स्वार्थबीचको पारपाचुके नेपाली सत्ताधारीको कूटनीतिक चेत, संवेदनशीलता, नेतृत्व शैली र व्यवस्थापन क्षमतामा भर पर्छ ।

६. मधेसका केही माग सम्बोधन नगरी अब सुख छैन ।

७. चीनसँग अनेक नाकाहरु खोल्नु जरुरी छ (सीमा, व्यापार, साझेदारी… हरेक आयाममा) ।

८. छुट्टै ऊर्जा मन्त्रालय नै बनाएर वैकल्पिक ऊर्जा उपयोग गर्ने दिशामा प्राथमिकताका साथ तुरुन्तै नलागी हुन्न ।

९. भारतको नियतमा शङ्का रहिरहनुपर्ने प्रशस्त आधारहरु छन्, एकछिन पनि होश गुमाउन नहुने स्थिति छ ।

१०. अरु कुनै पनि देशसँग समेत अति निर्भर कहिल्यै हुनुहुन्न, कूटनीतिक सुझबुझको आवश्यकता झन् बढेको छ ।

र ११. देशैभित्र हिंसाका अनेक बिउहरु बाँकी छन् र ती कुनै पनि बेला उम्रिन, झ्याङ्गिन सक्छन्- सत्तासीनहरु विवेकी हुँदामात्र त्यो रोकिन सक्छ… इसमताबाट

डा. सरोज धिताल

तपाईको प्रतिक्रिया