behuli on sale Bulgaria-Bridegroom5समाजमा महिला शसक्तिकरण र महिला अधिकारका कुराहरु धेरै सुनिने थालेका छन् । यस क्षेत्रमा धेरै स.घसंस्थाहरुले पन लगानी गरी महिला र परुष दुबैलाई बराबर मानिुपर्छ भन्ने आवाजहरु बुलन्द भएका छन् । विवाह तथा दाइजो प्रथा विरुद्धमा विभिन्न आवाजहरु उठ्ने गर्दछन् । तर, एक यस्तो ठाउँ छ जहाँ दाइजो त पर को कुरा हो बेहुली नै छानेर किन्न पाइन्छ ।

behuli on sale Bulgaria-Bridegroom6

बजारमा सामान बेचिन्छ भन्दा कुनै नौलो प्रसंग हुँदैन । तर, कसैले बेहुली बेचिन्छ भनेको सुन्दा अचम्म लाग्न सक्छ । बुल्गेरियाको स्टारा जागोर भन्ने ठाउँमा एक बजार रहेको छ । उक्त बजारमा हरेक तीन वर्षमा बेहुलीको बजार बजार लाग्ने गर्दछ । जहाँ आफूलाई मनपर्ने बेहुली किन्न सकिन्छ ।स्टार जागोरमा लागे यस मेलाको दिन मानिसहरु आएर मनपर्ने युवतीहरुमध्ये किनेर आफ्नो बेहुली बनाउन सकिन्छ । यसका लागि बुल्गेरिया सरकारले कानुनी मान्यता पनि प्रदान गरेको छ ।

behuli on sale Bulgaria-Bridegroom4

यो मेला गरिब परिवारहरुद्वारा लगाउने गरिन्छ । जसबाट त्यो परिवारले आफ्नो छोरीको विवाह खर्च जुटाउन सजिलो पर्दछ । अन्र्तराष्ट्रिय सञ्चार माध्यम डेली मेलका अनुसार युवतीहरुलाई उनका घरपरिवारले नै बेहुलीको पोसाकमा सजायर मेलामा ल्याउने गरिन्छ । यस मेलामा हरेक उमेरका युवती तथा महिलाहरु रहने गर्दछन् । बेहुली किन्नका लागि प्रायः युवकका साथमा उनका घरपरिवार पनि संगै मेलामा आउने गर्दछन् ।

behuli on sale Bulgaria-Bridegroom3

behuli on sale Bulgaria-Bridegroom2

पहिले युवकले आफूलाई मनपर्ने बेहुली छान्नुपर्ने र अनि दुबैबस्च कुराकानी गर्ने अवसर प्रदान गरिन्छ । यदि कुनै युवती मनपरेमा त्यसको तोकिएको मुल्य तिरेर वेहुली बनाएर लग्न मिल्ने प्रावधान उक्त मेलाको रहेको छ । यो मेला बुल्गेरियाको मलाइदझी समुदायद्वारा आयोजना गरिन्छ । यस बजारमा केटालाई मनपरेको युवतीलाई उनका घरपरिवारले बुहारीको स्वीकार्ने चलन रहेको छ । यहाँ त्यस विशेष समुदाय बाहेका कुनै बाहिरी व्यक्तिले वेहुली किन्न नपाउने व्यवस्था पनि रहेको छ । –एजेन्सी

behuli on sale Bulgaria-Bridegroom1

तपाईको प्रतिक्रिया