७ मंसिर, इटहरी। नेपालि आधुनिक गायनका चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको गीतको म्युजिक भिडियो हालै युटुब मार्फत सार्बजनिक गरिएको छ । पुर्व क्षेत्रलाई सुटिङ्ग स्थल रोज्दै भेडेटार, धरान र इटहरीमा छायांकन गरिएको उक्त भिडियोलाई डि थ्री प्रोडक्सन नेपालले बजारमा ल्याएको हो ।
उक्त गीतको भिडियोमा कन्सेप्ट तथा निर्देशन सुवास संकल्पको रहेको छ । त्यस्तै रोहित घिमिरे, एलिशा बास्तोला, दिपक श्रेष्ठ र अनु राईको अभिनय, निक बिष्टको छायांकन रहेको छ भने सोम मग्रातिले मेकअप गरेका छन् ।