tajpuriya kalyan samaj morang

७ मंसिर,रोशन पोखरेल  विराटनगर ।  विराटनगरमा आज ताजपुुरिया समाज कल्याण परिषदले जिल्ला विकास समितिमा ताजपुरियाको स्वायत्त क्षेत्र र विशेष संरक्षित क्षेत्रको माग गदै जिल्ला विकास समितिमा ज्ञापन पत्र बुझाएको छ ।

ताजपुरियाहरुको सामाजिक सास्कृतिक अस्तित्व संकटमा आउने भन्दै उनिहरुले जिविसमा ज्ञापन पत्र बुझाएका छन । आफुहरु मोरंगका विभिन्न ग्रामिण क्षेत्रमा अल्पसडख्यक रुपमा रहेको कारण नेपालको संविधानको धारा ५६ को उपधारा ५ मा भएको व्यावस्था अनुसार राज्य संरचना गर्दा आफनो अधिकारलाई समेटनुपर्ने कुरा उनिहरुले बताएका छन ।

महादेवा, झुर्किया,सिजुवा, इटहरा, गोविन्दपुर मा रहेको उनिहरुले आफुलाई रतुवामाइ नगरपालिका मा समाहित गर्न समेत माग गरेका छन । सामान्यतया ताजपुरियाहरु बसाइ सराइ नगर्ने, पुस्तौ पुस्ता सम्म एकै स्थानमा बसाइ कायम राख्ने तथा महाभारत कालभन्दा आगाडि देखी बर्तमान मोरंगको पूर्व दक्षिण कुना साथै झापा जिल्ला मा बस्दै आएको छ ।

तपाईको प्रतिक्रिया