15208018_1228131947234730_1119017750_n
इनरुवा मंसिर ७/ सृजनशिल युवा फुटबल क्लब इनरुवा ७ को आयोजनामा मंगलवारबाट विनय स्मृति नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । दुई वर्ष अघि निधन भएका इनरुवाका युवा नेता विनय बस्नेतको स्मृतिमा स्थानीय युवा क्लबले फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।

15209277_1228131910568067_255022046_nww
पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा इनरुवा सहित आसपासका १६ टिमले प्रतिस्पर्धा गर्दै छन् । खेल तालिका अनुसार ग्रुप ए मा सुनसरी युथ क्लब,इनरुवा स्पोर्टिङ क्लब, इस्लामिक युवा क्लब, बिस्मिल्लाह युवा क्लब रहेका छन् । ग्रुप बि मा डुम्राहा टाइगर,भुटाहा स्पोटिङ, रक एण्ड रोल र घैला युवा क्लब रहेका छन् । त्यसैगरी ग्रुप सि मा कोशी युवा क्लब, छिटाहा युवा क्बल, कानुन युवा क्लब र इनरुवा बसचौक सहित ग्रुप डी मा फुलबारी फुटबल क्लब, इनरुवा ४, भोक्राहा युवा र युवा क्लब प्रतिष्पर्धामा रहेका छन् ।

15175593_1228131697234755_76813215_neee
कलाकार तथा चलचित्र निर्माता चिरञ्जिवी बस्नेत,सुनसरी फुटबल संघका उपाध्यक्ष हिमाल थापा, पूर्व राष्ट्रिय खेलाडी शशि थापामगर, कार्यक्रमका सभापति देवेन्द्र बस्नेत, लगायतकाले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरेका थिए ।
नकआउट आधारमा खेलाइने प्रतियोगिताको फाइनल मंसिर २५ गते हुने कार्यक्रम संयोजक कृष्ण पण्डितले बताए ।

तपाईको प्रतिक्रिया