Bidhur huking mukta

०८ मंसिर, दिलिप साह राजविराज। सप्तरीको जमुनी मधेपुरा गाउँ विकास समितिका दुई वाड छपकी र भथौल हुकिङ्ग मुक्त भएको छ ।
दुवै वडाका युवाहरु छलफल गरेर विद्युत चुहावट नियन्त्रण समिति बनाउँदै प्रत्येक घरमा मिटर जडान गर्न प्रतिवद्ध भएका छन ।

गाउँमा कसैले हुकिङ्ग गरेको पाइएमा रु. पाँच हजार रुपियाँ जरिवाना समेत तोकोछ । हुकिङ्ग गरेर खेतबारीमा मोटर चलाउँदै आएकाहरुलाई समेत कृषि मिटर लिएर मात्र चलाउन उर्दी नै जारी गरेर युवाहरुले अभियान नै चलाएका छन । चोरी नियन्त्रण गर्न दुवै टोलमा युवाहरुले अभियान चलाएपछि विद्युत प्राधिकरण वितरण कार्यालय राजविराजका प्रमुख रामउदगार साहले मिटरको अभाव रहे पनि घरायसी र कृषि प्रयोजनका लागि तत्कालै मिटर उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यसपछि धमाधम मिटरका लागि निवेदन दिनेहरुको ओइरो नै लाग्यो । प्राधिकरणले पुनः ट्रान्फर्मर जडान गरे विद्युत सुचारु गरेपछि युवाहरुले चेकजाँच गर्ने कार्यलाई कडाईका साथ अगाडि बढाएको छ । १८ वटा मात्र मिटर रहेको भथौलमा हाल ६० भन्दा बढी विद्युत मिटर जडान भईसकेको छ भने छपकीमा करिब ४० वटा मिटर रहेकोमा हाल एक सय भन्दा जडान भइसकेको छ ।

हुकिङ्ग मुक्त घोषणा कार्यक्रममा कार्यालय प्रमुख साहले अत्यधिक हुकिङ्ग हुने गाउँको रुपमा चर्चा पाएको दुवै गाउँ शत प्रतिशत विद्युत चोरीमुक्त भएकोमा समितिहरु तथा स्थानीयवासिन्दालाई धन्यवाद दिनुभयो । भथौलकालागि छुट्टै ५० केभीएको ट्रान्सफर्मर एक महिनाभित्र जडान गर्ने, पोल गाडिएको तर तार जडान नगरिएको पोलमा अविलम्ब तार जडान गर्ने, मर्मत सुधार कार्य तत्काल थाल्ने, नयाँ बस्तीमा विद्युत विस्तार गर्ने तथा छपकी र भथौलकालागि सिंचाई प्रयोजनमा आउँदो बजेटमा प्राथमिकतामा राखेर यसैवर्ष १० वटा पोल किसानको खेतसम्म पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

 

तपाईको प्रतिक्रिया