ANNA KALYNCHUK ukraine
युक्रेनमा भ्रष्टाचारविरोधी आयोगको नेतृत्व २३ वर्षकी महिला वकिल अन्ना कलिनचुकलाई दिएपछि सामाजिक सञ्जालमा हंगामा सुरु भएको छ । पछिल्ला केही दिनयता युक्रेनको सर्वोच्च पदमा नियुक्त भएकी उनी दोस्री महिला हुन् । यसभन्दा अगाडि युक्रेनको आन्तरिक मन्त्रालयमा २४ वर्षकी नास्तासिया देयेवालाई उपमन्त्रीमा नियुक्ति गरिएको थियो ।

उनी युक्रेनी इतिहासमा सबैभन्दा कान्छी उपमन्त्री हुन् । तर, यी दुई नियुक्तिका कारण अहिले युक्रेनमा व्यापक विरोध सुरु भएको छ । विरोधका लागि उठाइएको एउटा अजेन्डा हो– यी नियुक्ति दिइएका महिला अत्यन्त कम उमेरका हुन् र उनीहरूले कार्यसम्पादन गर्न सक्दैनन् ।

तर, यसको अर्थ के होइन भने यही एउटा कारणले मात्र उनीहरूको विरोध भएको हो । अन्नामाथि त के पनि आरोप लागेको छ भने भ्रष्ट नेताहरूले आफू बच्न उनलाई यस्तो महत्वपूर्ण पद दिएका हुन् । सन् २०१४ मा यस्तै एउटा विरोध कार्यक्रम भएको थियो जसका कारण राष्ट्रपति भिक्टर यानुकोभिचले राजीनामा नै दिनुपरेको थियो ।

yukrin

तर, अबको मुद्दा भ्रष्टाचारमा मात्र केन्द्रित छैन । युक्रेनका सामाजिक सञ्जाल प्रयोगकर्ताले उपमन्त्री नास्तासिया देयेवाको ‘व्यक्तिगत आचरण’बारे पनि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा नास्तासियाका नग्न तस्बिर सेयर भएका छन् । युक्रेनको लाइफस्टाइल वेबसाइट स्टायल इनसाइडरका लागि उनले केहीअघि एउटा फोटो सुट गरेकी थिइन् ।

अहिले त्यो फोटो सुटबारे पनि व्यापक प्रश्न उठाउन थालिएको छ । तर, नास्तासियाले भनेकी छिन्, ‘त्यो फोटोसुट र मेरो कामको कुनै लेनदेन नै छैन ।’ त्यसो त आन्तरिकमन्त्री अवाकाफले पनि उनको बचाउ गरेका छन् । उनले उमेरकै आधारमा कसैको पनि कार्यक्षमतामाथि प्रश्न नउठाउन अनुरोध पनि गरेका छन् । उता, युक्रेनको राजधानी किभका राजनीतिक विश्लेषक वादिम कारास्याँफले समाचार एजेन्सी एपीलाई युक्रेनको राजनीति सर्कसजस्तै बनेको जनाएका छन् ।नया पत्रिकाबाट

तपाईको प्रतिक्रिया