donkey gadha-1

एजेन्सी । गधालाई जनावर मध्ये सबैभन्दा नालायक जनावर मानिन्छ । सबैभन्दा बुद्धी नभएको भनेर उदाहरण दिँदा पनि गधाकै दिने गरिन्छ ।तर तपाइँलाई अचम्म लाग्ला चीनले भने लाखौंको संख्यामा यही गधा अफ्रिकाबाट आयात गर्ने गरेको छ ।यस्ता गधा काट्न र यसको प्रसोधन गर्नका लागि हजारौं कर्मचारी खटिएका छन् । पछिल्लो समयमा अफ्रिकी देशहरुलाई चीनमा गधा बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको पनि बताइन्छ ।

आखिर चीनले किन यसो गरिरहेको छ ?

Donkey gadha-2

कारण थाहा पाएर तपाइँ चकित पर्नु हुन्छ । चीनले गधा काटेर औषधी उत्पादन गर्ने गरेको छ । ‘एजियो’ नामक औषधी उत्पादनका लागि चीनले लाखौं गधा मारेर यो औषधी उत्पादन गर्ने गरेको छ ।गधाको छालाबाट बचेको जिलेटिनको अवशेषबाट यो औषधी उत्पादन गर्ने गरिन्छ ।

Donkey gadha-3

डेलीमेलका अनुसार चीनले गधाको छालाबाट प्रत्येक वर्ष ५ हजार टन औषधी उत्पादन गर्छ ।यो औषधी रुघा खोकी तथा रक्तअल्पता सम्बन्धि रोगमा उपचार गर्नका लागि प्रयोग गरिन्छ ।चीनका महिलाले यो औषधी प्रयोग गर्ने बताइन्छ । यो औषधी उमेर घटाउन अर्थात बुढेसकालमा बयस्क देखिनका लागि पनि प्रयोग हुने हुँदा उच्च माग रहेको बताइएको छ । डेलीमेलकाे सहयाेगमा

तपाईको प्रतिक्रिया