११ मंसिर, राजविराज, दिलिप साह । छिन्नमस्ता मन्दिरमा पत्रकारहरुलाई गरिएको दुव्यर्वहार प्रति प्रेस मञ्च सप्तरीले निन्दा गरेको छ । मञ्चका सह सचिव ध्रुव कुमार मण्डलद्वारा शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै भारतको प्रसिद्ध योगगुरु रामदेवको समाचार संकलन गर्न खटिएका मञ्चका सचिव चन्दन कुमार यादब उपर प्रहरी प्रमुख दिवेश लोहनीले गरेको दुव्यर्वहारको भत्सर्ना गरेको छ ।
विज्ञप्तिमा प्रेस स्वतन्त्रताको लागि सम्बन्धित पक्षसँग हार्दिक अनुरोध गर्दै आगामी दिनमा पुनः यस्तो कार्य नगर्न अनुरोध साथ घटनाको छानविन गरी दोषीलाई कार्वाहीको माग गरेको छ ।

तपाईको प्रतिक्रिया